मुत्दुममा बाख्रालाई किरात राई समुदायले अपवित्र मान्नुुका कारणबारे चतुुरभक्त दुमी राई ‘निप्सुुङ पत्रिका’ (संवत् २०५९) मा लेख्छन्, ‘किरात पुुर्खा खक्चिलुपा र नागेलुम्को विवाहपछि छमदम अर्थात् किरात धर्म तथा संस्कृतिअनुसार तीन दिनसम्म गरिने महान् कार्य गर्नाले नाम र उपाधि पाइन्छ भनेर विश्वास गरिन्छ ।
सो कार्य गर्ने निधो गरे । यो कार्य गर्न खक्चिलुपाले दिदीहरू तोमा, खेमाको उपस्थिति आवश्यक ठाने । उनीहरूले दिदीहरूको निम्ता गर्न उपियाँ पठाए । दिदीहरूले उपियाँको टा,उको कि,चेर फ्याँकिदिए । त्यसपछि बाख्रालाई पठाइयो । बाख्रा पनि नफर्केपछि अविश्वास गरी बाहिर हट्टा गरे । त्यही समयबाट किरातीले बाख्रा खाँदैनन् ।’
विजयलक्ष्मी साम्पाङ र शंकर साम्पाङले तुवाचुङ जायजुम नामक स्मारिका (२०७१) मा लेख्छन्, ‘किरात पुुर्खा खचुलुप्पाले आफ्ना हराएका दिदीहरू तँमा र खेमालाई खोजेर ल्याउन बाख्रालाई पठाए ।
बाख्राले ल्याउन नसकेकाले खचुलुप्पाले अविश्वासी, अह्राएको काम पूरा नगर्ने, लाछी भएको र अबदेखि कुलमा अछुत हुनुका साथै सुङ्सामा गनिने सराप दिएकाले उनीहरूको संस्कार र सांस्कृतिक कार्यमा बाख्रा प्रयोग राम्रो मानिदैन ।’
‘परापूर्वकालमा किरात पुर्खा हर्कबुुङ आफ्ना सन्तान भुसुरी, छछाप्पा र वाछाप्पालाई लिएर पूर्वको सप्तकोसीका सहायक नदी अरूण, तमोर र सुनकोसी पछ्याउँदै हिमालतर्फ जान खुवालुुङ (हाल : वराहक्षेत्रनजिक रहेको अरूण, तमोर र सुनकोसी नदीको संगम) पुुगे,’ धनकुटा खबर अनलाइनमा नवीन खड्का लेख्छन्, ‘त्यहीक्रममा खुवालुुङको कठिन मार्ग पार गर्नुपथ्र्याे ।
खुवालुुङको ढोका सधैं बन्द हुन्थ्यो । धामीले मुन्दुम फलाक्दै पशुपक्षीको रगत चढाएपछि मात्र खुवालुुङको ढोका खुल्थ्यो । यहीक्रममा भुसुरीहरूले खुवालुुङको ढोका खुलाउन क्याँकी चरा (रातो जुुरेली) समातेर भोग दिए । भोग खानासाथ खुवालुुङको ढोका खुल्यो । त्यसपछि खुवालुुङ पार गरी उनीहरू उकालो लागे । उता, छछाप्पा र वाछाप्पा केही पछि रहेकाले भुुसुुरीसँगै खुवालुुङ पार हुन सकेनन् ।’
उनीहरूले उकाली चढ्दै गरेका भुुसुुरीलाई सोधे, ‘हैन दाजुुभाइ हो, हजुुरहरूले के–कसो गरी खुवालुुङ तर्नुभयो ? हामी त तलै पो अड्कियौं त ?’ उनीहरूको कुरा सुनेर भुसुरीले ठट्टा गर्दै भने, ‘हैन दाजुुभाइ हो, हामीले त आफ्नै चेलीको रगत चढाएकाले खुवालुुङको बाटो खुल्यो त ।
उनीहरूको कुरा स,त्य ठानेर छछाप्पा–वाछाप्पाले पनि आफ्नी चेलीको हातको औंला काटेर खुवालुङमा रगत चढाएपति खुवालुङको ढोका खुल्यो । उनीहरूले पनि खुवालुङ पार गरे । त्यसपछि खुवालुङको ढोका कहिल्यै बन्द भएन ।
उता, काटिएको औंलाबाट झरेको चेलीको रगत एउटा केराको पातमा पर्यो । केराको पातमा परेको रगत बाख्राले चाट्यो । विडम्बना तत्कालै चेलीको नि,धन गयो ।
त्यसपछि छछाप्पा–वाछाप्पाले आफ्नी चेलीको रगत खाने बाख्रा प्रजातिको मासु कहिल्यै नखाने प्रतिज्ञा गरे । त्यसपछि खसी–बाख्राको मासु खाँदा आफ्नै चेलीको मा,सु खा,एबराबरको दो,ष लाग्ने भएकाले किरात राई समुदायले खसी–बाख्राको मासु नखाएका हुन् ।’
यसैगरी जय सिवाहाङका अनुसार पारुहाङ र सुम्निका सन्तान वाडिनकुप्पा र वाडिनकुप्माले मृग, घोरल र बाख्रा जंगलबाट ल्याएर पाल्न थाले । पाल्नेक्रममा चर्न जंगल पठाउँथे । चर्न गएका जनावर आफैं फर्कन्थे ।
एक दिन बाख्रा हरायो । खोजतलास गर्दा फेलापरेन । त्यसपछि उनीहरूले सराप दिए । अबदेखि बाख्रा हाम्रो पि,तृमा न,चल्ने होस् । सुुङ्सा होस् भनेपछि पितृमा नचलेको हो भन्ने विश्वास गरिन्छ ।
यही विश्वासले किरात राई समुदायको पूूजाआजा तथा शुुभकार्यमा बाख्राको मासुु चलाइँदैन । उनीहरूको पितृपूजा गर्ने स्थानमा बाख्राको मासुु पकाउनसमेत मिल्दैन । बाख्राले पि,तृ चुला छुन मिल्दैन ।
पितृ पूजारी माङ्पा र धामीले बाख्राको मासुु खानै मिल्दैन भने यीबाहेकका किरात राई समुदायले सकेसम्म बाख्राको मासुु खाँदैनन् । बाख्राको मासुु खाइहालेमा तितेपातीले नुहाएरमात्र घरभित्र प्रवेश गर्न मिल्छ ।
यसको मासुु खाएर ननुहाइ घर पसेमा पितृ रिसाउँछन् । सम्बन्धित परिवारमा हानि हुने विश्वास छ । माङ्पा र धामीले खाएमा जिब्रो बसेर बोली नआउने, बौलाउनुका साथै ज्यानै जाने विश्वास छ ।
कतिपय सुुक्सङ धामी अर्थात् असहज मृ,तात्मालाई बाटो लगाउने धामीले बाख्राको मा,सुु खाएको पाइन्छ । दुु,र्घटनामा परेर मृ,त्युु भएको र मर्ने बेलामा शरीरमा घा,उचोट लागेर मृ,त्युु भएकाको आत्मालाई असहज मृ,तात्मा भनिन्छ ।
मानिस मरेपछिको चोखिने दिन अर्थात् सुुधाइ कार्यमा मात्र बाख्राको मासुु प्रयोग गरिन्छ । यसबाहेकका सांस्कारिक तथा सांस्कृतिक कार्यमा अशुुद्ध तथा अशुुभ मानिन्छ ।