पहिलोपटक गाउँमै डाक्टर आएर फ्रिमा उपचार गर्दा गाउँले दंग

बाग्लुङ्ग जिल्लाको बरेङ्ग गाउँपालिका वडा नंं ४ सल्यानमा इतिहासमै पहिलोपटक बृहतरुपमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरी सफलतापुर्वक सम्पन्न समेत गरिएको छ ।
गाउँ पालिकाको आयोजनामा भएको उक्त शिविरमा तिन सय भन्दाबढी सल्यान लगायत सुखौराका जनताले समेत सेवा लिएका थिए । आफ्नै गाउँमा विशेषज्ञ डाक्टरहरु आएर निःशुल्क आफ्नो स्वाथ्य चेक जाँच गरी औसधीसँगै महत्वपूर्ण स्वास्थ्य परामर्श दिएकोमा स्थानीयहरु अत्यन्तै खुसी देखिन्थे ।
चेक जाँच गरिएका बिरामीहरुको धेरै हाडजोर्नीका बिरामी भेटिएको डाक्टर सुनिल सुनारले बताउनु भयो । महिलाहरुमा तल्लो पेट दुख्ने समस्या देखिएको र उहाँहरुलाई उचित परामर्शसँगै केही गम्भीर समस्या देखिएका विरामीलाई थप उपचार गर्न सुझाव दिएको डाक्टर नविन तिरुवाले सप्तरंगी संसारलाई बताउनु भयो ।

शिविरमा डा. नविन तिरुवा, डा. सुनिल सुनार, डा. विकेश गुप्ता, डा. श्रीराम पन्थी, डा. आशिष भुर्तेल लगाएत विशेषज्ञ ल्याव टेक्नीसियनहरुको उपस्थिति थियो । शिविरलाई सफल पार्न मल्टीस्टार प्याथोलोजी, हाम्रो स्वास्थ्य क्लीनिक, ओम मुक्तिनाथ पोलिक्लीनिक र सिद्धार्थ डेन्टलले साथ दिएका थिए ।

निःशुल्क शिविरमा करीब ३०० विरामीले सेवा लिंदा आफु धेरै खुसी भएको र त्यही चेक जाँच गर्न बुटवल लगायत हस्पिटलमा जाँदा भाडामा मात्रै ती जनताको ६ लाख खर्च हुने थियो । शिविरले आफ्ना जनताको भाडा र चेकजाँचमा लाग्ने खर्च समेत जोगिएको वडाध्यक्ष किसन बहादुर खत्रीले बताउनु भयो ।
शिबिर संचालनको लागि प्राविधिक सहयोग र व्यवस्थापन गर्नु भएको युवा समाजसेवी भरतजंग क्षेत्रीले यास्ता शिविरहरु आगामी दिनमा पनि निरन्तर दिएमा आफुहरु पुन सल्यानमा आउन इच्छुक रहेको बताउनु भयो ।

कार्यक्रमकै अवसरमा सोही वडामा जन्मनु भएको पत्रकार तथा कलाकार रेशम बोहोरालाई विशेष सम्मान गरिएको थियो भने सेवा दिन आउनु भएको डाक्टर तथा अतिथिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation