बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा दुर्बिन (ल्यापारोस्कोपिक) प्रविधिबाट पाठेघर (गर्भाशय) को सफल शल्यक्रिया गरिएको छ। यस प्रविधिमार्फत गरिएको शल्यक्रियाको नेतृत्व वरिष्ठ गाइनोकोलोजिस्ट डा. नविन तिरुवाले गर्नुभएको हो । उहाँको नेतृत्वमा अस्पतालको चिकित्सक टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै बिरामीको पाठेघर हटाउने जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । यो शल्यक्रिया बुटवल...