काठमाडौँ।
“सपना त गरिबीको अध्याँरो फालेर सन्तानको भविष्य उज्ज्वल बनाउने थियो…”
३५ लाख ऋणको भारी बोकेर, आफ्ना ३ जना साना-साना बालबालिकालाई गाउँमा अर्कैको घरमा छोडी जोगलाल बिक र श्रीमती पार्वती बिक झन्डै दुई वर्ष अगाडि कुकिङ भिसामा जापान पुगेका थिए। तर, सोचेको खुसी मिल्न नपाउँदै उनीहरूको जीवनमा अकल्पनीय बज्रपात परेको छ।
जापानमा रहँदा नै श्रीमान् जोगलालको स्वास्थ्यमा समस्या आयो। परीक्षण गर्दा उनका दुवै मिर्गौलाले काम गर्न छाडिसकेको पुष्टि भयो। खुसी खोज्न परदेश पुगेका यी श्रीमान्-श्रीमती आज रित्तो हात, आँसु र ठुलो रोग बोकेर काठमाडौँ फर्किएका छन्। जापान जाँदा लागेको १०-१२ लाख रुपैयाँ ऋण अझै तिर्न बाँकी नै छ, यता उपचारका लागि सुको पैसा छैन।
डाक्टरहरूले श्रीमानको ज्यान बचाउनका लागि तत्काल मिर्गौला प्रत्यारोपण (Kidney Transplant) गर्नुपर्ने बताएका छन्। श्रीमती पार्वती आफ्नो श्रीमानलाई बचाउन आफ्नै मिर्गौला दान गर्न पूर्ण रूपमा तयार छिन्। तर, प्रत्यारोपणका लागि लाग्ने ठुलो खर्च कसरी जुटाउने? भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ।
“मेरो श्रीमानलाई बचाउन पाए म मेरा सन्तानलाई आफ्नै पछाैरीको ओत दिएर भए पनि हुर्काउँथेँ, भगवान् मेरो श्रीमान् नखोसिदेऊ…” भन्दै श्रीमती पार्वती काठमाडौँको एउटा कोठामा अश्रुधारा बगाउँदै छिन्।
गाउँमा आमाबाबुको पर्खाइमा बसिरहेका तीन अबोध बालबालिकाको बुवा जोगाउन र यो सिङ्गो परिवारलाई उजाडिनबाट बचाउन उनीहरूले सबै मनकारी महानुभावहरूसँग हार्दिक सहयोगको अपिल गरेका छन्।
सहयोगका लागि विवरण:


















