२५ वर्षदेखि थला परेका बिबेकलाई सहयोग

२५ वर्षदेखि जन्मजात अपांग भइ बसिरहेका बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं ३ धनमुडाका बिबेक न्यौपाने लाई ह्विलचियर सहयोग हस्तान्तरण गरिएको छ । 

बागलुङ बाटाकाचौर रुपन्देही सम्पर्क समाजको तर्फबाट समाज सेवी लोक श्रीसले ह्विलचियर सहयोग गर्नु भएको हो भने समाजसेवि गोबिन्द क्षेत्री स्मृती फाउण्डेशनबाट रु ५००० नगद सहयोग गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं ३ का अध्यक्ष शेर बहादुर खनाल ज्ञानाेदय आधारभूत मा वि का प्रधानाध्यापक मदन बहादुर कार्कि तथा खडक बोहोराको उपस्थिति रहेकाे थियो ।

उपचार सिलसिलामा उति बेलै लाखौ रकम खर्च गरे पनि उपचार संभव नभएपछि घरमै लिएर राखेको बताउने बिबेकका बाबा बाबुराम न्यौपानेले २५ वर्षदेखि निरन्तर घरमै सेवा गर्दै आएको बताए । सहयोगिलाइ धन्यवाद दिंदै सहयोगले खुसी लागेको र अब छोरालाई वरपर डुलाउन ह्विलचियरले ठुलै सहायता गर्ने विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation