क्यान्सरपीडित आमा झापाबाट बेपत्ता: अपाङ्ग श्रीमान् छटपटीमा, खोजी गरिदिन परिवारको हार्दिक अपिल

दमक, झापा ।
विगत लामो समयदेखि क्यान्सर रोगसँग लडिरहनुभएकी एक आमा रहस्यमय तरिकाले बेपत्ता भएपछि एउटा पीडित परिवार यतिबेला थप ठूलो बज्रपातमा परेको छ। झापा जिल्ला, दमक नगरपालिका वडा नम्बर १ कुमालचोक निवासी गणेश बोहोरा (जेन्जी नुडल्स, थुप्पा, चाउमिन व्यवसायी) की ५२ वर्षीया श्रीमती पविमाया बोहोरा विगत केही दिनदेखि परिवारको सम्पर्क बाहिर रहनुभएको हो।
क्यान्सर जस्तो जटिल रोग लागेर निरन्तर उपचार गराइरहनुभएकी पविमाया यही चालु वर्ष २०८३ साल असार १८ गते बिहीबार बिहान ठीक ९ बजे घरबाट निस्कनुभएको थियो। त्यसयता उहाँ आफ्नो परिवार तथा आफन्तजन कसैको पनि सम्पर्कमा आउनुभएको छैन।
यो परिवार पहिलेदेखि नै अत्यन्तै पीडा र संघर्षमा बाँचिरहेको परिवार हो। घरमा क्यान्सरपीडित श्रीमतीको हेरचाह गर्ने श्रीमान् स्वयं अपाङ्ग हुनुहुन्छ। कम्मरभन्दा मुनिको भाग पूर्ण रूपमा नचल्ने अवस्थामा रहेका श्रीमान् गणेश बोहोरा यतिबेला आफ्नी जीवनसंगिनी हराएपछि घरमा छटपटिँदै आँसु बगाएर बस्न विवश हुनुहुन्छ। रोगले थलिएकी श्रीमती यसरी अचानक गायब भएपछि सिङ्गो परिवार शोक र अन्योलमा डुबेको छ।
स्थानीय र प्रत्यक्षदर्शीहरूबाट प्राप्त जानकारी अनुसार हराउनुभएकी पविमाया बोहोराको यात्रा विवरण यसप्रकार छ:
दमक बसपार्क: असार १८ गते बिहीबार बिहान झन्डै पौने ११ बजेतिर उहाँ दमक बसपार्कको पूर्वी स्ट्यान्डबाट धरान जाने बसमा चढ्नका लागि सिटी सफारी चढेर जानुभएको स्थानीयले बताएका छन्।
गछिया बस स्टेशन:दमकबाट गछियासम्म उहाँ चढेर गएको कुरा स्थानीय सिटी सफारीका चालकहरूबाट पुष्टि भइसकेको छ। मोरङ जिल्लाको गछिया बस स्टेशनमा उहाँ ओर्लिएको सम्मको आधिकारिक जानकारी प्राप्त भएको छ।
आमाको स्वास्थ्य अवस्था निकै संवेदनशील छ। उहाँलाई नियमित औषधि र हेरचाहको ठूलो खाँचो छ।
त्यसैले, बाटोघाटोमा वा कहिँ कतै उहाँलाई देख्नुहुने, फेला पार्नुहुने वा उहाँको बारेमा सानोभन्दा सानो सूचना थाहा पाउनुहुने महानुभावहरूले मानवीय नाताले तल स्क्रिनमा दिइएका सम्पर्क नम्बरहरूमा फोन गरेर परिवारलाई जानकारी गराई एउटा छटपटिएको परिवारको ओठमा हाँसो फर्काइदिनुहुन हार्दिक अपिल गर्दछौँ।

९८४२७०५४२८/९८१७९६१४२८
सम्पर्क : ९८०६०७४४७०/९८१५०९७९७१
९८१०२८३५८३

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 सप्तरंगी संसार All right reserved Site By : Himal Creation