बाग्लुङको बाटाकाचौरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन


बाग्लुङ जिल्ला बरेङ गाउँपालिका वडा नं. बाटाकाचौर नयाँ बजार स्वास्थ चौकीमा शनिबार बृहतनिःशुल्क स्वास्थ शिविर सम्पन्न भएको

बरेङ गाउँपालिका वडा नं. बाटाकाचौर, धनमुडा चौर समाज बुटवल र  बुटवल हस्पिटल प्रा.लि.बुटवल को आयोजनामा बृहद निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको हो

शिविरमा कार्यक्रमका प्रमुख अतिथी बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले यस्ता शिविरले गाउमा रोग लुकाएर बसेका हरुको समेत पहिचान गरेको र ज्यानै जाने अबस्थामा रहेकालाइ समेत बचाएको बिगत स्मरण गरेका थिए । कतिपय अवस्थामा शिविरलाई नकरात्मक सोचका कुरा सुनिने हुँदा सकरात्मकसोंचमा बदल्न पनि उनले आग्रह गरेका थिए


िविरमा धनमुडा चौर समाज बुटवलका अध्यक्ष देव थापाले आफुहरु बसाई सराई गरि तराईमा बसे पनिआफ्नो जन्मस्थानमा निःशुल्क शिविर मात्र नभएर अन्य समाज सेवाका कार्यक्रम राख्न हरेक समय तयाररहने बताएका छन् कोभिडको बेला समेत समाजले ठूलाे भुमिका खेलेकाे भन्दै गाउँमा पर्दा बुटवलले र बुटवलमा पर्दा गाउँले सहयाेग गर्नु पर्ने बताय ।

त्यसै गरि बुटवल हस्पिटल प्रा.लि.बुटवल डा. सुनिल सुनारले गाउँमा शिविर सञ्चालन गर्न बुटवल हस्पिटलसधै तयार रहने बताएका छन् त्यस्तै शिविरमा दम रोगी आँखाको रोगी धेरै भएको पनि उनले जानकारीदिएका छन् शिविरमा सेवा बाहेक औषधी तथा चश्मा पनि निःशुल्क वितरण गरिएको थियो

शिविरमा वडा अध्यक्ष शेर बहादुर  खनालले आफुले वडाको तर्फबाट गर्न लागेको शिविरलाई बृहद बनाउन बुटवल हस्पिटल प्रा लि का अध्यक्ष चुन्न प्रसाद पौडेल र धनमुडा चौर समाजका अध्यक्ष देव थापाकाे टिमले ठुलाे भुमिका खेलेकाेमा धन्यवाददिदै आगामी दिनहरुमा पनि यस्तै गाउँमा सुविधाजनक तथासकरात्मक कार्यहरुको आयोजनाको लागि प्रयत्न गरि रहने बताएका छन्

त्यस्तै कार्यक्रममा सम्पूर्ण स्वास्थ शिविर समूह तथा शिविर आयोजना गर्ने धनमुडा चौर समाज बुटवल , बुटवल हस्पिटल प्रा लि ,  हाम्रो स्वास्थ क्लिनिक, मल्टिस्टार, आले डेण्टल  प्राबिधिक सहयोगिलाईसम्मान  गरिएको थियो

बिबिध रोगबाट पिडित बिरामिहरुले आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरबाट सेवा लिन पाएकामा खुसी व्यक्त गरेका थिए ।

निःशुल्क शिविरमा डा. पुष्पराज ढकाल, डा. सुनिल सुनार, डा. उत्सव रेग्मी, डा.संजिव आचार्य, डा.सागरपौडेल, डा. दिपक ढकाल, डा. प्रदिप शर्मा आचार्य, डा.उमेश वेलवासे, डा. प्रविना कुँवर, डा. अमृत बस्नेत, डा. हरिराम पन्थी डा. प्रतिक सापकोटा लगायल ल्याव

टेक्निसियन समूह तथा औषधी वितरक समूह बाटाकाचौर स्वास्थ चौकीका सम्पूर्ण स्वास्थकर्मीहरुको विशेष भूमिका रहेको थियो

शिविर वडा नं. बाटाकाचौरमा सञ्चालन भएता पनि पालिका भरिका अन्य वडाका बिरामीहरुले पनि सेवालिएका थिए शिविरमा महिला, पुरुष तथा बालवालिका गरि ६०८ जना बिरामीहरुले सेवा लिएका थिए

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation