बुटवल (रुपन्देही) चन्द्रकोट सहकारी संस्था अन्र्तगत चन्द्रकोट महिला समुहद्वारा बुटवलस्थित डाइभरटोलको ब्लू बेल पार्टी प्यालेसमा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय समुदायका महिला तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
महिलाहरू मौलिक पोशाकमा सजिएर उपस्थित भएका थिए । उनीहरूले मौलिक गीत गाएर, नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाए । कार्यक्रममा महिला पीडा सशक्तीकरण, एकता र मौलिक संस्कृतिको संरक्षणबारे गीतहरु गाइएको थियो । संस्थाका अध्यक्ष पदम खत्रीले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने पत्रकार तथा लेखक निर्देशक रेशम बोहोराले स्वागत तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा विभिन्न पाहुनाहरूले महिला संघको क्रियाशीलतालाई प्रशंसा गरेका थिए । बिगतमा पनि मौलिक संस्कृतिको रक्षाका लागि समुहले यस्तै कार्यक्रम संचलन गरेको थियो । सामूहिक फोटोसहित सम्पन्न गरिएको कार्यक्रममा सहभागीहरूले यसलाई सफल र प्रेरणादायी भएको बताएका छन्।