लुम्बिनि सिटी अस्पताल बुटवलमा दुर्बिनबाट पाठेघरको सफल शल्यक्रिया

बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा दुर्बिन (ल्यापारोस्कोपिक) प्रविधिबाट पाठेघर (गर्भाशय) को सफल शल्यक्रिया गरिएको छ। यस प्रविधिमार्फत गरिएको शल्यक्रियाको नेतृत्व वरिष्ठ गाइनोकोलोजिस्ट डा. नविन तिरुवाले गर्नुभएको हो ।  उहाँको नेतृत्वमा अस्पतालको चिकित्सक टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै बिरामीको पाठेघर हटाउने जटिल प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

यो शल्यक्रिया बुटवल क्षेत्रमै पहिलोपटक गरिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यो प्रविधिबाट बिरामीलाई थोरै चिरफार हुने, कम रक्तस्राव हुने र छिटो स्वास्थ्यलाभ हुने भएकाले यसले आधुनिक उपचार पद्धतिमा नयाँ मापदण्ड स्थापित गरेको छ । डा. तिरुवाले यो प्रविधिबाट लुम्बिनि सिटी अस्पतालमा निरन्तर शल्यक्रिया भैरहेको बताउदै शल्यक्रिया सफल हुनुमा सम्पूर्ण स्वास्थ्यकर्मी टोलीको समर्पण र प्रविधिको उचित प्रयोग मुख्य कारण भएको जनाउनुभयो । अस्पताल प्रशासनले भविष्यमा यस्ता अत्याधुनिक प्रविधिमार्फत अरू रोगहरूको पनि उपचार गरिने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 सप्तरंगी संसार All right reserved Site By : Himal Creation