बाग्लुङ्ग,
संभवत नेपालमै मौलिक अभिनय गर्ने कलाकार डल्ली बिसीको निधन भएको छ । उहाँ बिगत केही समयदेखि फेक्सोको समस्याबाट पिडीत हुनुहुन्थ्यो ।
बुटवल पाल्पा लगायतका हस्पिटलमा उपचार गराएर हाल बागलुङ्ग बरेङ्ग ३ बाटाकाचौर खाल्लेमा रहेको उहाँको आफ्नै निवासमा हुनुहुन्थ्यो । आज बिहान ४ बजे ७७ वर्षको उमेरमा उहाँको निधन भएको पारिवारिक स्रोतले हामीलाई बताएको छ ।
आफ्नो मौलिक अभिनयले आम दर्शकको मन मुटुमा बस्न सफल डल्ली बि.सीको आवाज र अभिनय कला साँच्चीकै अब्बल थियो । पर्खाल नामक सामाजिक चलचित्रबाट अभिनय यात्रा सुरु गर्नु भएको उहाँले मोवाइल १ र २, बाँसुरी, उठेको बस्ती लगायतका फिल्म र घरका कुरा र गुमेको माया सिरियलमा समेत अभिनय गर्नु भएको थियो । उहाँको आवाजमा टिकटकमा सयौं भिडियोहरु भाइरल छन् ।
समयमै उहाँले कला क्षेत्रमा प्रवेश गरेको भए र कला क्षेत्रले उहाँको क्षेमतालाई बुझेको भए उहाँ यो देशकै नामी कलाकार बन्ने कुरामा कुनै द्विविधा थिएन । यध्यपी उहाँले जति गर्नु भएको छ त्यो नै काफी छ । उहाँ हामी माझ नरहेपनि उहाँको कृति सधै अमर रहने छन् । हार्दिक श्रद्धाञ्जली डल्ली बिसी आमा ।
Video