पाठेघरको समस्या भएका महिलाको लागि राहतको खबर– बुटवलमै दुरबीनबाट शल्यक्रिया

बुटवल, पछिल्लो समयमा मानिसमा स्वाथ्य समस्या गम्भीर विषय बन्दै गएको छ भने महिलाहरुका प्रजनन स्वाथ्यसँग सम्बन्धीत समस्या दिनानुदिन बढी रहेका छन् । विशेष गरेर महिलाको पाठेघरमा हुने संक्रामण र लाग्ने बिभिन्न रोगहरुले महिलाहरुलाई पीडित बनाइ रहेको हुन्छ । समयमै उपचार गर्दा सजिलै निको हुने रोगहरु पनि लाज शंकोचको कारण लुकाएर राख्ने र हस्पिटल तथा चिकित्सकसम्म पुगे पनि विज्ञ चिकित्सक र राम्रो हस्पिटलसम्म पुग्न नसक्दा यस्ता रोगहरु सामान्यबाट जटिल बन्दै जाने गरेका पनि छन् ।
लुम्बीनी प्रादेशिक हस्पिटलमा कार्यरत महिला तथा प्रसुती रोग विशेषज्ञ डा. नविन तिरुवा भन्छन् –“गाउँघरतिर अझै पनि रोगलाई लुकाउने चलन छ जुन कारण सामान्य समस्या पनि पछि बिकराल बन्छ । प्रविधिको यतिसम्म विकास भयो अहिले ठूला ठुला रोगहरुको पनि सजिलै उपचार गर्न सकिन्छ ।” अहिले आफुले नै लुम्बीनी सिटी हस्पिटलमा दुरविनद्वारा शल्यक्रिया गरी पाठेघर फाल्ने सफल अपरेशन गरिरहेको डा. तिरुवा बताउँछन् ।
गलत ठाउँमा गएर गर्भ बसेको सहज उपचार गरिरहेको ।


पाठेघरमा बिभिन्न कारणले समस्या आइ बाँझोपन भएको जसको कारण निःसन्तान हुन परेकोहरुको लागि पनि सफल उपचार र परामर्श दिने । पाठेघरमा पानीका फोकाहरु Cyst देखिएको सफल उपचार । महिलाहरुको प्रजनन सम्बन्धी देखिएका सबैखाले समस्याहरुको उचीत उपचार र परामर्श दिदै मेसिन तथा दुरवीनको प्रयोगद्वारा सफल उपचार बुटवलमा रहेको लुम्बीनी सिटी हस्पिटलमा दिइदै आएको कारण पाठेघरको समस्याको कारण बिरामीहरुले अब अन्य ठाउँमा गएर महंगो उपचार गर्नु पर्ने समस्याको समेत समाधान भएको हस्पिटल स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation