बुढी बिदेश–बुढो घरमा–छोरी मामाघरमा, एक (अ)नागरिकको दर्दनाक कथा

रुपन्देही, उ नेपाली आमा र नेपाली नै बाबाबाट जन्मेको नेपाली हो । तर उसलाई नेपाली नागरिकता दिएर नेपाली नागरिक बनाउन सकिदैन भन्छ नेपालको प्रशासन । कुरो गहिरो र गम्भीर छ । जुन जुन आधार र बिकल्पले उनलाई नागरिकता दिलाउन सकिन्छ ति बाटामा अबरोध खडा छन् । तिनै अवरोधका कारण आज रुपन्देही मुर्गियाका दिनेश थापा अनागरिक भएका छन् ।
उमेर २५ वर्ष भयो बिहे गरेर छोरी पनि अहिले स्कुल पढ्छिन दिनेश आफु अनागरिक भएकै कारण देशमै पनि काम गरि खान नसक्ने भए पछि विदेश जाने कुरै भएन त्यही भएर श्रीमतीलाई बिदेश पठाएका छन । उनी आफु अझ पनि कतै म नागरिकता पाउँछुकी भनेर सम्बन्धीत निकायहरुमा धाइ रहेका छन् तर हात शुन्य बाहेक केही छैन ।
उनका बाबाले उनकी आमासँग दोस्रो बिहे गरेका रहेछन् । पहिलो घरबार तिर अरु सन्तानहरु पनि रहेछन् । बाँचुनजरी उनको खोजी कतै नभएको र मर्ने बेलामा पहिलो श्रीमती पट्टीका छोराहरु आएर लगेको र त्यस पछि बाबाको मृत्यु भएको दिने र उनकी आमा बताउँछन् ।
पहिले खासै प्राथमिकतामा नराखेकै कारण उनको जन्मदर्ता समेत नभएको रहेछ । अहिले नागरिकता बनाउन खोज्दा बाबाको पहिलो घर तिलोत्तममा जाँदा अर्की आमा पट्टिका दाइले बाबा छैनन् । हामीले नागरिकता दिन सक्दैनौ भनेर जवाफ दिएको बताउँछन् । दिनेश भन्छन् पहिले दिन्छु पनि भनेका थिए मैले नागरिकता मात्रै पाउँ अरु केही कुरामा म हकदाबी गर्ने छैन पनि भने तर मलाई उल्टै धम्काएर पठाइयो । हामीले यही विषयमा सम्बन्धीत व्यक्तिसँग कुरा गर्दा सिधै ३ महिना यो विषयमा आफु बोल्न नसक्नै भन्दै फोन राखे ।
दिनेश हाल बस्दै आएको वडामा हामीले बुझदा उनलाई नागरिकताको सिफरिस गर्ने आफुसँग कुरनै आधार नरहेको बतायो भने उनको बाबाको घर रहेकै वडामा गएर अधिकार खोज्न समेत सुझाव दियो । उसको बाबाको घर रहेको तर्फ उनलाई चिन्ने कोही नरहेको र दाजुले समेत त्यो अधिकार आफुने नदिने बताए पछि अहिले दिनेश मिडिया र कानुनी सहयोग खोज्दै भौतारि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation