बाबालाई देख्दा दयालु वडाध्यक्षले गरे २५ हजार सहयोग

बुटवल – बाबाको मुख हेर्ने दिनका अवसरमा धनमुढा चौर समाज बुटवलले मानब सेवा आश्रम का बुबाहरुलाई सम्मान अर्पण गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे रहे भने, विशेष अतिथि बागलुङ जिल्ला, बरेङ गाउँका वडा नं ३ का अध्यक्ष शेरबहादुर खनाल रहेका थिए। खनालले आफ्ना पिता, आमा, आफन्त र दाजुभाइ गुमाइसकेका स्मृतिहरूलाई सम्झँदै भावुक मन्तव्य राखे। उनले परिवार गुमाउँदाको पीडा र बुबा–आमाप्रतिको अपार माया भावुक भएर व्यक्त गरेका थिए ।

“आफ्ना अभिभावकलाई सम्झिँदा मनभरि पीडा छ, तर बुबाप्रतिको सम्मान देख्दा गर्व पनि जाग्छ,” खनालले भने। उनले मानव सेवा आश्रमलाई रु. १५,००० र समाजलाई रु. १०,००० सहयोग प्रदान गर्दै मानव सेवाप्रतिको आस्था प्रकट गरेका थिए ।खनालले बिगतहरुमा पनि समाज सेवा र सहयोग निरन्तर गर्दै आएका छन ।

खनालले मानव सेवा आश्रमको निस्वार्थ कार्य र धनमुढा चौर समाजको सक्रिय भूमिकाप्रति प्रशंसा गर्दै— यो दान होइन, यो सम्मान हो,” भन्ने भाव व्यक्त गरे। कार्यक्रमले दिवंगत बुबाहरुप्रतिको कृतज्ञता र परिवार गुमाएका अभिभावकप्रतिको माया उजागर गरेको थियो।

समारोहमा उपस्थित सबैले बुबाहरुप्रतिको सम्मान र वृद्धबृद्धाको सेवा समाजको साझा जिम्मेवारी भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation