ससुराको लागि माइती बिर्सेको बुहारी : निर्मला

हामीले केही दिन पहिले रुपन्देही सैनामैनाका सेते नेपालीको दर्दनाक जीवनकथा प्रस्तुत गरेका थियौ । गाउँमै बलिया सेते यति बेला यसरी ढलेका छन की कथा सुन्दा हाम्रा आँशु खस्छन् । हामीले उनलाई भेट्दा उनी घरमा एक्लै थिए । श्रीमती को मृत्युको पीडा भूलन नपाउँदै जवान छोरा गुमाएपछि सेते यस्तो अवस्थामा पुगेका रहेछन् । हामीले सुन्यौ सेतेको रेखदेख गर्ने बुहारी छन् तर त्यो दिन बुहारी घरमा थिइनन् उनी कुल्ली मजदुरी गर्न काममा गएकी थिइन । र आज पनि हामी आउँदा उनी थिइनन् । केही सहयोग लिएर आएका छौ भनेर बोलाएपछि उनी घर आइन् । उनीसँग कुरा गर्दा आज झनै मुटु भक्कानीएको छ । एकपटक तपाई पनि यो भिडियो पुरै हेर्नु होला ।
उनको नाम हो निर्मला नेपाली । उनले अहिले एकल जिन्दगी बिताएको पनि ६ वर्ष भयो । उनका बुढा कोरोना महामरीको समयमा बितेका थिए ।
उनका अहिले एक छोरा छन् कक्षा ८ मा पढ्ने । अनी ससुरा छन् यीनै सेते नेपाली । यो घरको धुरीखम्बा भनेकै निर्मला हुन । उनले काम नगरी घरको चुलो बल्दैन । घर व्यवहार धान्न निकै मुस्कील भएपछि सानो छोरा र बिरामी ससुरालाई घरमै छोडेर केही हुन्छकी भन्ने आशा बोकी बैदेशीक रोजगारको शिलसिलामा कुबेत गएकी थिइन तर काम पनि भने जस्तो भएन भने मनले पनि बिदेशमा बस्न मानेन अनि छोटो समयमै नेपाल फर्किन । जाँदा लागेको रिन यतिकै छ तिर्न कसरी उनी छुट्टै तनाबमा छन् ।
अवस्था उस्तै थियो बिदेशबाट आउना साथ लेबर काम जान थालिन ।
घरको जिम्मेवारीले गर्दा होला निर्मला अहिले ७ वर्ष भयो माइतीघर गएकी छैनन् ।
निर्मला आफै पनि बिरामी उनको शरिर बेला बेलामा सुन्नीने गर्छ तर उपचार गर्न सकेकी छैनन् ।
यसरी दिनभरी अर्काको मजदुरी गरेर बेलुकी घर फर्किन्छीन अनी ससुराले गरेको फोहोर मैला सफा गर्दै ससुराको पनि सरसफाइ गर्छिन ।
अहिलेको जमानामा सासु ससुरालाई तिरस्कार गरेर एक्लै बस्ने बुहारीहरुको जमातमा एउटा असल बुहारीको नमुना हुन निर्मला नेपाली ।
उनीसँग गरिएको कुराकानीको भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation