काठमाडौं । नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएका छन् ।
कांग्रेस मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।
कांग्रेसबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि आज बिहान कांग्रेसका राजीनामा दिएको बताए ।
‘आज बिहान क्याबिनेट बैठक थियो, त्यही बैठकमा हामी चारै जनाले सामूहिक राजीनामा दियौं,’ मन्त्री अधिकारीले भने ।

















