बाबाको ह’त्यापछि आमाले छोडेका नानीहरु ४ दिनदेखि भोकभोकै

बागलुङ । अहिलेको जमानामा कुनै एउटा परिवार त्यो पनि सानासाना बालबालिका ४ दिनसम्म भोकै बसेभन्दा अस्वभाविक लाग्छ तर बागलुङ जिल्लाको बिकट ठाउँ भनेर चिनिने बरेङ गाउँ पालिकाको वडा नं. ३ बाटाकाचौरको खाल्लेमा एउटा परिवार ४ दिनदेखि भोकभोकै बसेको छ । घरमा केही खाने अन्न नभएको कारण भोकै बस्नु परेको उक्त परिवारकी हजुरआमाले बताएकी छन् ।
केही वर्ष पहिले छोराको छिमेकीद्वारा ह’त्या भएपछि बुहारीले पनि आफ्नो बाटो गरेको कारण परिवारमा समस्या आएको थियो । छोरा यम बहादुर रुचालको ह’त्यापछि ३ सानासाना बच्चा लगेर बुहारी भारत गएको र अहिले उतै बिहे गरेको र ती तीन बच्चाहरु पनि भारतमै आफन्तकोमा बसेको हजुरआमा बताउँछिन् । ६ छोरी मध्ये ३ नातीनी अहिले यही घरमा छन । छोराको ह’त्याहुनु केही पहिले भारतमै छोरीको पनि ह’त्या भएपछि उनका बच्चाहरु पनि नेपाल फर्केको र यही घरमा बस्दै आएको हजुरआमा बताउँछिन ् ।
श्रीमानले खासै काम नगर्ने र धेरै परिवार भएको कारण आफुले एक्लो ज्यानले नसकेको बताउने हजुरआमाले ४ दिनसम्म नातीनातीनीहरुलाई भोकभोकै राख्न परेको रुँदै बताइन । छिमेकमा सधैभरी मागेर खुवाउन पनि नसकेको एक अर्थमा ला’जै भएको कारण यस्तो गर्न बा’ध्य भएको उनी स्वीकार्छिन ।

छोराको ह’त्याहुने बेलामा सहयोगका अभियान संचालन गरेर सहयोग संकलन गरे पनि अहिले अवस्था फेरी उस्तै भएको छ । सप्तरंगी संसारका पत्रकार रेशम बोहोराले संचालन गरेको अभियानबाट उठेको रकमले भूमिहिन उनीहरुलाई जग्गा पनि किनेर हस्तान्त्रण भएको थियो भने लत्ताकपडा लगायत खाध्यान्न पनि सहयोग त्यो बेला भएको थियो । देश बिदेशमा रहेका स्थानीय मनका धनीहरुले पठाएको रकम तथा साग्दी सत्यवती अनलाईनले उठाएको सहयोग रकमले नातीनीहरु पढ्ने बिद्यालयमा अक्षय कोष स्थापना गरी पठनपाठनमा केही सहज भए पनि खाना लाउनमा यस्तो बि’जोग भएको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation