पेटमा ६ महिनाकाे गर्भ, श्रीमानकाे मृ’त्युमा का’त्राे किन्ने पैसा पनि भएन, अहिले जुट्याे लाखाैं सहयाेग

कैलाली , गौरीगंगा नगरपालिका कुचैनी झिल कालिका शिविरमा केही महिना अघिमात्रै एउटापरिवारमा दुखद् घटना घट्यो । जुन घटना आफ्रमा अकल्पनीय थियो नै किनभने मात्रै २६ वर्षकी एक नारीले आफुलाई एकल महिलाको रुपमा जीउनु पर्ने बनायो । जण्डीसका कारण माता कोलीका ३२ वर्षिय नरिक कोलिले यो धर्ती छोडे । उनले धती त छोडे तर यहाँ मर्नेको भन्दा बाँच्नेको कथा झनै दर्दनाक भयो । मृतक कोलीलाई मृत्यु परेन्त दिने एक कात्रो समेत किन्ने पैसा माता कोलीसँग नहुँदाको पीडा धेरै भयावह थियो । किरियाकाज उम्काउन समेत नसक्ने र खाना लाउनको समेत उस्तै बिजोग उनीहरुको लागि तत्कालै पत्रकार रेशम बोहोरा लगायतका मनकाधनीहरुले सापोर्ट गरे पनि धेरै राम्रो भएको उक्त परिवारमा बिस्तारै खुसीसँगै सुख पनि फर्किन थालेका छ ।
श्रीमान बित्दाको अवस्था र अहिले झण्डै १ महिनाको अन्त्यसम्ममा धेरै परिवर्तन समेत आएको छ । उनीहरुको पीडा बिभिन्न सामाजिक संजालको माध्ययमबाट प्रसारण भएपछि संसारैभरीबाट सहयोग जुट्ने सिलसिला अझै पनि जारी छ । रेशम बोहाराले सुरुमै १३ हजार र त्यस पछि पनि गरी झण्डै ७५ हजार तत्कालै सहयोग बुझाएका थिए भने अहिले पुन झण्डै डेढलाख जम्मा भएको उनी बताउँछन् ।
यसैगरी कैलालीका विभिन्न स्थानमा सामाजिक अभियान्ताको रुपमा काम गर्ने लक्ष्मी बोगटी कुवरले थालेको अभियानमा इजरायलमा कर्मथलो बनाउँदै नेपालमा धेरै ठाउँमा साथ सर्पोट गर्दै आउनु भएको सिमा श्रेष्ठको पहलमा पनि झण्डै १ लाख बराबरको रकम जम्मा भएपछि अहिले पीडितको घर निर्माण कार्य अगाडी बढेको छ ।
यसरी सहयोगीहरुबाट सहयोग जुटेर घर निर्माणसँगै राम्रो रकम संकल हुँदा पीडित कोली एकदमै खुसी भएको बताउँछीन भने उनका छिमेकीहरु पनि अत्यन्तै खुसी छन् ।
भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation