अभागी चेलीको कथा, सुत्केरी श्रीमती इटा बोक्न जाँदा श्रीमान रक्सी खाएर उल्टै श्रीमतीमाथि कुटपीट

तनहुँ । अभागी, धेरै ठाउँमा सुनिन्छ, कही कतै त हामी आफै पनि केही सोंचेजस्तो भएन भने भनिहाल्छौं ”म त कति अभागी रैछु…।“
तर साँच्चै अभागी एक चेलीको कथा यहाँ प्रस्तुत गरिएको छ ।
उनको नाम हो हिरा बिक । नाम हिरा भएर के गर्नु जिन्दगीको मूल्य ढुङ्गा माटो बराबर भैसक्यो । अबका दिनमा हिराको भाग्य कस्तो छ ? जिन्दगीले कुन मोड ल्याउँछ । त्यो त थाहा छैन तर जन्मेकै दिन देखी आजसम्मको भोगाइ सुन्दा लाग्छ जिन्दगीमा को मन खोलेर मुस्कुराएको छैन भने त्यो हिरा नै हुन ।
उनी जन्मेपछि सालनाल राम्रोसँग हुन नसकेपछि तत्कालै आमाको मृत्यु भयो । एक घुट्की आमाको दुध समेत मुखमा पार्न नपाएकी हिराको यो धर्ती टेक्दाबाटै दर्दनाक जिन्दगी सुरु भयो । दाजुभाइ कोही नभएकी उनले आमाको माया त पाइनन् जीवनमा बाबा भनेर एक पटक पनि बोलाउन पाइनन् । बाबाले यो मेरो छोरी हैन भनेर अस्वीकार गरेपछि गाउँकै एक जना दिदीले पोखरामा लगेर पालेकी थिइन ।
दिन बित्दै जाँदा १३ वर्षको उमेरमा उनलाई पालेकी दिदीले सर्लाहीका अनिल ठाकुरसँग बिहे गरिदिएकी थिइन । ठाकुर पोखरामै शैलुनमा काम गर्थे । बाल्यकाल जति दुखमा बिते पनि बिहेपछि सन्तोष मिल्ला भन्ने हिराको सपना थियो तर सधैभरी जाँडरक्सीले मातेर कुटपीट गर्ने श्रीमाने झनै पीडा दिएको हिरा बताउँछिन ।
छोरा जन्मीदा पनि उनले १५ दिनको सुत्केरी अवस्थामै ज्यान पाल्न इटा बोकीन तर श्रीमानले तँ कोसँग पल्केकी छस भनेर कुटपीटलाई निरन्तर जारी राखे ।
तनहुँको बेलचौतारा नजिकै नाबालक २ छोरा लिएर भाडामा बसेकी हिराका अचेल श्रीमान खासै घरमा आउँदैनन् र आइ हाले भने पनि कुटपीट गरिरहन्छन् । त्यही भएर पनि छोराहरु बाबा घर नआएकै राम्रो मान्छन् । दुख कष्ट सहेर जीवन धानेकी हिराले अहिले स्वास्थ्यले निकै नराम्ररी ठगेको छ । उनी अहिले दबाइको भरमा बाँचेकी छन् । तर त्यही दवाइ पनि खानै पैसा छैन डिप्रेसनको शिकार भएकी उनले सक्दा काममा पनि जान्छीन तर महिनामा १५ दिन पनि काममा जान सक्दीनन् । तलब पनि काटिएर आउँछ ।
अभागीलाई दैवले त साथ दिएन कान्छेले मीन साथ दिन्थे ? उनका छोराहरुले पढ्ने स्कुलले शुल्क तिर्न नसके स्कुलै नआउनु भनेर भनेको छोराहरु बताउँछन् ।
यही दुखदाइ खबर सहितको यो भिडियो हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation