आमाको उपचारमा आएका छोराको नै ज्यान गयो

बागलुङ्ग ।

बरेङ गाउँपालिकावडा नं. ३ बाटाकाचौर चिदिखर्क निवासी भुतपूर्व भारतीय सैनिक हिम बहादुर खनालको अचानक बुटवलमा बिरामी आमाको उपचारमा कुरुवा तथा सुसारेको रुपमा काम गर्दा गर्दै निधन भएको छ । उनी आमाको उपचार गर्न भनी बैशाख २८ गते बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा आएका थिए । एका तर्फ आमाको उपचार चलिरहेको थियो भने अचानक हिम बहादुरको स्वास्थ्यमा असहज अवस्था आएपछि बुटबलमै रातको १२ वजे आरम गर्न भनी गएका थिए । अर्को दिन बिहान आफुलाई स्वास फेर्न धेरै असहज भएको बताएका थिए ।

तत्कालै अक्सिजन र अस्पतालमा वेड पाउन नसकेपछि उनको प्राण गएको थियो । अहिले अवस्था निकै गम्भीर भएकै कारण उनलाई त’त्कालै उपचारमा जोड्न नसकेको र प्रयास गर्दा गर्दै उनको ज्यान गएको हाे । मृत्यु पछि गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनको कोरोनाकै कारण निधन भएको खुलेको छ ।

खनालका एक श्रीमती र एक छोरी रहेका छन् । अझै दुखको कुरा, हिम बहादुर खनालको परिवारमा लगातार बज्रपात जारी रहेको छ । गत वर्ष मात्रै गुल्मीको शान्तिपुर बजारको आफ्नै पसलमा आग्लागी हुँदा उनका दाजु पुर्ण खनाल सहित उनका छोरा समीर खनालको ज लेर दुखद् निधन भएको थियो ।

खनालका जेठा दाजु शेर बहादुर खनाल पनि यति बेला बिरामी हुनुहुन्छ भने आमाको अहिले बुटवल स्थित को रोना हस्पिटलमा उपचार चलिरहेको छ । खनाल परिवारमा लगातारको यो घटनाले बागलुङ्गको बरेङ गाउँपालिका नै फेरी शोकमा डुबेको छ । आफन्त तथा परिवारका सदस्यहरु प्रति सबै चिन्तीत बनेका छन् । अहिले बागलुङ्गको बरेङ गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिका पूर्णरुपमा सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation