पाप लाग्छ भनेर बुढालाई छोड्न सकिन, एक रात मात्रै बाँच्छ भने

बुटवल
भनिन्छ दशा बाजा बजाएर आउँदैन, तर केशबहादुर परियारले भने जीवन धान्न बाजा बजाउँदा बजाउँदै दशा आयो । कुनै दिन उनले पन्चेबाजामा बजाएको सहनाइले गाउँ बस्तीमा एकछत्र राज गरेको थियो । उनी कुशल रागी थिए । जब उनले सहनाइ फुक्थे ननाच्नेहरु पनि नाच्न उठी हाल्थे ।
तर आज एका देशको कथा जस्तै भयो । के भयो भयो ? थाहै भएन, अचानक भयो न बोली रहयो न त्यो फुर्तिलो शरिर, पुरै जिन्दगी यसरी अर्काको साहारामा चल्ने भयो ।
नवलपुर जिल्लाको बौदिकाली ३ डडेराका केशबहादुर बिरामी भएर मात्रै समस्यामा परेका हैनन्, उनको परिवारको अरु कुरा सुन्दा सुन्नेका आँखा रसाउँछन् । आफ्नो भन्ने मात्रै एउटा कुखुरा छ अरु केही छैन, गरिब हैन चरम गरिबी र अभाबको जर्जर जिन्दगी भोगीरहेका केशबहादुरकी श्रीमती छन् इन्द्रा परियार उनको जीवन कथाको त हामीले झन डकुमेन्ट्री नै तयार गरेका छौं । बिहानै बुढालाई खुवाएर अर्कैको मेलामा जान्छीन्, साँझ घर पर्किदाँ बुढा त्यही ठाउँमा हुन्छन्, दिशा पिसा को कुरै छोडौं भोक कति लाग्दो हो तर, इन्द्रालाई मेलामा त जानु नै छ नगए दुबै जनाले हात मुख जोड्न पनि टुट्छ ।
जो कसैलाई पनि लाग्न सक्छ यो गाउँको घर पक्कै उनीहरुकै होला तर हैन दर्शकहरु २५ सय रुपैयाँ वार्षिक बुझाउने गरी भाडामा बसेका छन् उनीहरु ।
बिहे भएको पनि धेरै भयो, आधाभन्दा बढी उमेर पनि गयो तर सन्तान पनि छैनन् सन्तान भएको भएनी बढेस कालमा त साहारा छ भन्ने हुन्थ्यो होला त्यो पनि नहुँदा धेरै चिन्ता लाग्ने गरेको इन्द्रा बताउँछिन ् राम्रै परिवार, र राम्रो आर्थिक अवस्था भएका मान्छेहरु पनि सम्बन्ध तोडेर अर्कैसँग हिडीहाल्ने हाम्रो समाजको यर्थाथ हेर्दा यो अभावमा श्रीमानको सेवा गरेर बसेकी इन्द्राको “यस्तो अवस्थामा छोड्दा पाप लाग्छ” भन्ने जवाफले स्तब्ध बनाउँछ ।

लिएको अन्तवार्ताको पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation