आमाको ल’डेर ज्यान गएकै भीरबाट छोरीको पनि ल’डेरै ज्यान गयाे

जुन भीरबाट करिब एक वर्ष अघि घाँस काट्ने सिलसिलामा आमाको लडेर ज्यान गएको थियो संजोग त्यस्तै भयो अहिले छोरीको पनि त्यही भीरबाट लडेर ज्यान गएको छ ।
बागलुङ्ग जिल्लाको गल्कोट नगरपालिका वडा नं. ११ रिघाको फलाँटे भन्ने ठाउँमा एकहप्त अगाडी बाइकसँगै भीरबाट खस्दा २४ वर्षकी कुमारी नेपालीको ज्यान गएको हो ।

गम्भीर घाइते भएकी उनलाई तत्कालै भरतपुर लगीएको थियो । उपचार संभावना नभएको भन्दै घर फर्काएको केही दिनमै फेरी काठमाडौं बीर हस्पिटलमा लगिएको थियो । उनको हस्पिटलमै हिजो बिहीबार प्राण गएको हो ।
भीरमा रहेको घुम्तीबाट करिब २०० मिटर तल खसेकी कुमारी गाउँमै बाइक सिक्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

उनीकी आमा पनि करिब एक वर्ष पहिले घाँस काट्ने क्रममा सोही ठाउँबाट लडेकी थिइन । अहिले घरमा उनका बाबा मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation