गीत गाउँदै तरकारी बेच्ने इन्द्र परियार, बिदेश छोडेर नेपालमै तरकारी बेचेरै कमाउँछन् यति पैसा

बुटवल
सामाजिक संजाल टिकटकमा एकाएक तरकारी बेच्दा बेच्दै भाइरल बनेका इन्द्र नेपाली यतिबेला बुटवलमा चर्चित बनेका छन् भने उनको व्यापार पनि बढेको छ ।
बुटवलको मजुवामा बस्ने इन्द्रले ७ वर्ष लामो बैदेशिक यात्रालाई बिट मारेर नेपाल फर्केपछि तरकारी तथा फलफुल बेच्न थालेका थिए । नेपालमै साइकलमा तरकारी बेचेर पनि परिवारसँगै बसेर खुसीले बाँच्न सकिने आफ्नो अनुभव भएको बताएका छन् ।
३ छोरी १ छोरा र श्रीमतीसँगै बस्ने इन्द्र लकडाउनको समयमा पनि घरघरमा तरकारी बेच्न पुग्ने गर्दथे । यही सिलसिलामा बुटबलको सुख्खा नगरको बाबु कंडेलको घरमा पुग्दा बाबु कंडेलले नै उनको गीत रेकर्ड गराएर आफ्नो टिकटकमा हालेपछि उनी एका एक भाइरल बनेका थिए ।
तरकारी बेच्ने गायक भनेर अहिले धेरैले चिन्न थालेकामा उनी खुसी व्यक्त गर्दछन् । अचेल तरकारी पनि बेच्न सजिलो हुन थालेको अनको अनुभव छ ।
उनीसँग गरिएको यो रमाइलो कुराकानीको भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation