बिरामी नै कुरुवा बस्दै, मोवाइल पड्केर क्षतविक्षत भएका सुरेशकी श्रीमतीलाई अचानक के भयो ?

अन्जानबस मोवाइल चार्जमा राखेर चलाउँदा मोवाइलबाट निस्केको आगो सहितको करेन्टले जलेर एक हात गुमाउनुको साथै शरिर पुरै क्षतबिक्षेत भएका सुरेश परियारको उपचारको लागि सहयोग जुटाएर उपचार चलिरहेको बेला उनलाई अर्को आपत आइलगेको छ ।
आफै गम्भीर घाइते सुरेश यति बेला श्रीमतीको अपचारको लागि हस्पिटलमा कुरुवा छन् ।
धनगढी उपमहानगर पालिका वडा नं. १७ धुरजन्ना शिविरको एक झुपडीमा बस्ने सुरेश परियारको गत वर्ष भारतमा मोवाइल बिस्फोट भएर दुर्घटना भएको थियो ।
उनकी श्रीमती पार्वती परियार अचानक बिरामी भएपछि हस्पिटल पुराउँदा उनलाई एपेन्डीसाइड भएको थाहा लागेको पछि तत्कालै अपरेशन गर्नु पर्ने भएको हो ।
उनलाई सुरुमा धनगढीमा रहेको केजी हस्पिटलमा लगिएको थियो भने आर्थिक अभावका कारण अहिले सेती प्रादेशीक हस्पिटलमा उपचार भैरहेको छ ।

कर्णाली प्रादेशिक हस्पिटल, सुर्खेतमा उपचार गराइरहेका सुरेशको कुरुवा तथा सुसारेको रुपमा काम गरिरहेकी उनकी श्रीमती पार्वती नै बिरामी भएर अपरेशन गर्नुपर्ने भएपछि फेरी अहिले सुरेश श्रीमतीको कुरुवा बसेका छन् ।
आर्थिक अभाब कै कारण उपचार नपाएका सुरेशलाई सहयोगको अभियान चलाएर केही रकम जम्मा भएको पनि अब श्रीमतीको उपचारका खर्चिन परेपछि फेरी सुरेशको उपचार अलपत्र पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation