बुढीलाई खाटमा बाँधेर रुँदै कुर्दै, छोराले छोडेर कहाँ गए ? (भिडियो हेर्नुस्)

दुइ दिन बाँचुन्जेल पनि कति कष्ट भोग्नु पर्छ हो जिन्दगीमा ?
रुपन्देही जिल्ला तिलोत्तमा नगर पनलिका वडा नं. ११ को भुल्के भन्ने यो ठाउँको यो घरमा बस्छन् मनबहादुर गुरुङ्गका २ बुढा बुढी मात्रै ।
आमाको एकहर चल्दैन, अर्कोहर चल्न त चल्छ तर हात र खुट्टा बाँधेर राखिएको छ । हामी पुग्न साथ खै आमालाई के लाग्यो बेस्करी रुन थाल्नु भयो । मनमा धेरै पीडाहरु थिए होला तर हामीले बुझ्ने गरी बताउन सक्नु भएन ।
घरमा अरु कोही छैनन्, खाने अन्नको ठेगान छैन भने मनबहादुर गुरुङ्ग बाबा आफै पनि बिरामी छन् । सुख दुखमा साथ दिने सालीको घर नजिकै भएको हुनाले सालीले नै रेखदेख गरेको उनी बताउँछन् ।
आर्थिक अभावका कारणले आमाको उपचार त परै जावस भगवान भरोसामा छाक टारेको बताउने मनबहादुर गुरुङ्गका कुरा सुन्दा मन भत्कीएर आउँछ ।
हुनत उनका एउटा छोरा पनि थिए भने छोरीहरु पनि छन् तर छोरीहरुको घरबार भैसकेको छ भने छोरा २ वर्ष भयो घर छोडेर निस्केको कहाँ छन् जिउँदो छन या छैनन् त्यो पनि थाहा छैन ।
सधै भरी बिरामी श्रीमतीको घरी सिरानमा घरी गोरेनमा बसेर श्रीमतीलाई सुम्सुम्याउँदै ढक्लक्क आँशु खसाल्दै के गर्छौं त हाम्रो कर्म मै यस्तै रैछ भन्दै दिन कटाइ रहेका बेसाहारा यी आमाबाबाको कथा सप्तरंगी ओझेल्का खबरमा हेर्नु होला ।
भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation