हिरालाई एउटा भिडियोले सहयोगसँगै आमासम्म भेटाइदियो तर बिदेशबाट नेपालीले नै यस्तो हर्कत गरे l

आँशु त आँशु नै हो नी तर पनि त्यही आँशुको पनि कति फरक अर्थ हुँदो रहेछ । मैले धेरै दुखी पीडितहरुको भिडियो बनाएँ सुरुमा आफ्ना पीडाहरुको भारी बिसाउँदा नरुने कमै हुनुहुन्छ भने दोस्रो पटक उहाँहरुको दैलोमा पुग्दा पनि रुनुहुन्छ । तर पहिलो र दोस्रो पटकको रुवाइको अर्थ नै नितान्त फरक हुन्छ ।
तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाको बेलचौताराबाट हिरा बिक र उनका २ छोराहरुको मर्मस्पर्शी भिडियो प्रसारण गर्दा हिरा मात्रै हैन उनको भिडियो हेर्नेहरु पनि मज्जैसँगले मन थाम्न नसकेर रोएको खबर हामीले पाएका थियौं ।
जन्मेकै दिन आमा गुमाएकी हिराका बाबाले पनि यो मेरी छोरी हैन भनेर अस्वीकार गरेको देखि गाउँकै एकजना दिदीले पोखरामा लगेर पालेको र १४ वर्षकै उमेरमा सर्लाहीका अनिल ठाकुरसँग बिहे गरेकी उनले बुढाकै कुटपीट र हिंसा सहँदा सहँदै डिप्रेसनमा पुगेकोसम्मको कथा व्यथा तपाईं माझमा सुनाएका थियौं । आज हिराले हामीले बनाएको एक भिडियोबाटै नयाँ जिवनको आभाष गरेको खबर प्रसारण गर्न पाउँदा हामी पनि असाध्यै खुसी छौ ।
शुल्क तिर्न नसक्दा स्कुल नै जान नसक्ने अवस्थाका २ छोराहरुले अब १२ कक्षासम्म बोडिङ्ग स्कुलमै पढाइ दिने सहयोगी भेटेका छन् भने हिराले धेरै सहयोगीसँगै दाजुभाइ दिदी बहिनी मात्रै हैन आमासमेत भेटिकी छन् त्यही एक भिडियोको माध्ययमबाट ।
सबै राम्रो हुँदा हुँदै पनि केही गलत मनासय भएका मान्छेले गलतै नजरले हेरेको र धम्काउनेसम्मको काम गर्दा दुखी बनेकी हिरालाई फेरी आज मैले यो सहयोग रकम सहित भेटेको छु ।
पुरा जानकारीको लागि भिडियो हेर्नुहोला l

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation