अचम्म ! हेराउनेले अझै राम्रो पोइ पाउँछेस भनेको थियो बुढी घरमा छोडेर हिंडीन्

एक भारतीय नागरिकलाई नेपाली महिलाले थाहै नपाउने गरी नेपालमै लिएर ठगेकी छन् । रोजगारको लागि भारतको दिल्ली गएकी सुर्खेत भेरीगंगा रामघाटकी पुष्पा बादी र भारतको असाम गुहाटीका सागर थापा बीचमा प्रेम पछि बिबाह भएको थियो ।

बिबवहपछि पुष्पाले सागरलाई नेपाल ल्यायर आएकी थिइन भने माइती ठाउँमा दुवै जना मिलेर घर बनाएका थिए । घर बनाउने क्रममा आफ्नो ५ लाख भारतीय रुपैयाँ खर्च भएको सागर थापा बताउँछन् ।

आफु भारतीय नागरिक भएको कारण नेपालमा आफ्नो नाममा जग्गा र घर बनाउन नपाइने हुँदा सबै श्रमितीको नाममा बनाएको उनी बताउँछन्

सम्बन्ध राम्रो थियो तर केही समय अघि हात हेराउनेको जाँदा श्रीमतीलाई अझै राम्रो लोग्ने पाउँछेस् भनेको देखि केही खटपट सुरु भएको र पछि घर बनिसकेकपछि सागरले आफ्ना आमा बाबा पनि लिएर आउने भनेर भारत जाँदा पुष्पाले यता घरमा ताला लगाएर गएको उनको भनाइ छ ।

पुष्पा बाढीको यो भन्दा पहिले पनि अर्को बिहे भइसकेको छ भने ३ वटा सन्तान पनि छन् । सागर थापाले भने आफुले पहिलो बिहे नै पुष्पासँग गरेको बताउँछन्

आफुलाई सम्पतीको लोभ नभएर बुढीको माया धेरै भएको बताउने सागरले नफर्केसम्म पर्खने जिद्धी गर्छन ।

यस विषयमा पुष्पाका बाबासँग बुझदा दुवै जना उस्तै भएको गुनासो गर्छन । ज्वाइ पनि कम छैनन् छोरी पनि उस्तै हो ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation