युट्युवमा आमाबाको भिडियो हेरेर हराएका छोरा घर फर्के

एउटा सानो झुपडी त्यसैभित्र एक बृद्धआमा एक हर चल्दैन अर्को चल्ने हर पनि बाँधिएको छ । देख्दै मुटु पीरो भएर आउँछ । फेरी सँगै आडैमा बसेका छन् उनका श्रीमान मनबहादुर गुरुङ्ग उनको पनि स्वास्थ्य निकै बिग्रेको छ तर उपचार गर्न त परैको कुरा पानी पनि चाहेर समयमा खान सक्ने उपाय छैन् ।

रुपन्देही जिल्ला तिलोत्तमा नगर पालिका वडा नं. ११ को भुल्के भन्ने ठाउँबाट एउटा परिवारको जर्जर जिन्दगीको भिडियो सप्तरंगी युट्युब च्यानलमा ल्याएका थिए पत्रकार रेशम बोहोराले । भिडियो हेरेर देश बिदेशबाट लाखौं रकम सहयोग पनि जुटेको थियो ।

छोरीहरुको बिहे भइसकेको र एउटा छोरा थिए उनी पनि लामो समयदेखि बेपत्ता भएका थिए । कुरा कानी गर्ने सिलसिलामा छोरा यो संसारमै छैनन् की भन्ने समेतको शंका मनबहादुरले गरेका थिए भने ज्यूँदै भएको भएत फर्कन्थ्यो होला भन्दै रोएका थिए ।

तर, भिडियो सार्वजनिक भएपछि बेपत्ता भएका अजय गुरुङ्गसम्म पनि पुग्यो । भिडियो हेरेपछि अजय घर फर्केका छन् ।

काठमाडौंमा एक केटीसँग केही समय माया प्रेममा रहेको र त्यसपछि भारत तर्फ गएको र उतै बसेको अजयले बताएका छन् । केही बाध्यता भएपनि खास त्यस्तो कारण नभएको बताउने उनले अब राम्रोसँग आमाबाबाको रेखदेख गरेर बस्ने समेत बताएका छन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation