गायक प्रेमध्वज प्रधानको स,म्झनामा कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कंडेल सम्मानित!

कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्णप्रसाद कंडेल प्रेमध्वज बृहत विशेष सम्मान तथा साङ्गीतिक कार्यक्रम २०७८ बाट सम्मानित भएका छन् ।

 

कलास्टार अनलाइनको आयोजनामा गोलडेन भ्वाइस अफ नेपालबाट सम्मानित गायक तथा संगीतकार स्वर्गीय प्रेमध्वज प्रधानको ४५ औं दिनको पुष्य तिथिमा प्रेमध्वज प्रधान कला स्टार अनलाइन प्रतिभाको खोजी २०७८ बाट फाउण्डेशनका अध्यक्ष कंडेल सम्मानित भएका हुन ।

प्रेमध्वज प्रधानको विशेष सम्झनामा समाज, कला र संगीतको क्षेत्रमा विशेष योगदान पुर्याएका १८ जनालाई समान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ नायक भुवन केसी, वरिष्ठ नायिका रेखा थापा, काठमाडौं महानरपालिका नगर प्रमुख विद्या सुन्दर शाक्य छन् ।

 

त्यसैगरी वरिष्ठ गायिकाहरु कुन्ति मुक्तान, ज्ञानु राणा, वरिष्ठ संगीतकार दिप श्रेष्ठदेखि सञ्चार उद्यमीसम्म छन् । कार्यक्रमका प्रमुख अतिथि सांसद रामविर मान्नधरले सबैलाई सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 सप्तरंगी संसार All right reserved Site By : Himal Creation