हिमानी शाहले यसरी मनाईन् जन्मदिन! किन भयो पारसलाई निर्मल निवासमा नो इ,न्ट्री? (तस्वीरहरु हेर्नुहोस्)

हिमानी शाहको चर्चा उनको सुन्दरताको कारण पनि हुने गर्दछ । पूर्व राजपरिवारको पछिल्लो समयको महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा ब्यस्त छिन् ।

उनले आफ्नो ४५ औं जन्मदिन एक पारिवारीक जमघटमा मनाएकी छिन् । उनको जन्मदिन मनाउन हिमानीका छोरा हृदयेन्द्र, पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह देखिन्छन् । तर उनका छोरीहरु र उनका श्रीमान् उक्त तस्वीरमा देखिएका छैनन् ।

पूर्व युवराज पारस शाहसँग उनको बैवाहिक जीवन त्यति सुमधुर रहेको पाइएको छैन । उनको र पारसबिच चिसो आएको समाचार बिभिन्न समयमा मिडियामा आइरहन्छन् । तर, महत्वपूर्ण पारिवारिक भेटघाटमा पारस र हिमानी साथै पनि देखिएका तस्वीरहरु सार्वजनिक हुने गर्दछन् ।

 

३ बच्चाकी आमा भए पनि सदावहार सुन्दरी हिमानी शाहलाई जन्मदिनको अवसरमा उनका आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् ।

भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् हिमानीको विबाह पारस शाहसँग २५ जनवरी २००० मा भएको थियो ।

उनीहरुका एक छोरा हृदयेन्द्र शाह र दुई छोरी पूर्णिका शाह, कृतिका रहेका छन् । पछिल्ला दिनमा ‘हिमानी ट्रस्ट’ नामक सामाजिक संस्थाबाट हिमानीले समाजसेवामा ब्यस्त छिन् भने छोराछोरीहरु थाइल्याण्डमा बसेर पढाई गरिरहेका छन् ।

पछिल्लो समय हिमानी र उनका छोरीहरुले बनाएको टिकटक पनि भाइरल भएको थियो । जन्मदिन मनाउन काठमाण्डौंमै भएका पारस किन पुगेनन् भनेर चर्चाको बिषय बनेको छ । सबै तस्वीर हिमानीको ट्वीटरबाट ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation