काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट १९ ग्राम तौल भएको कस्तुरीको बिनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोट किस्पाङ गाउँपालिका-८ बस्ने ५१ वर्षीय सार्की घलेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।
त्रिशुलीबाट गल्छी हुँदै काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-००६ ख ५९९ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार घलेलाई बिनासहित पक्राउ गरेको हो।