तिमीलाई समाजको ला,जले घर आउन दि,एन, मलाई तिमि बिना समाजमा उपिस्थिति देखाउन आएन भन्दै बि,ष पि,ए!

दाङका लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीले नि’धन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृ’त्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तोता थिए । वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका थिए ।

 

सुरुवाति दिनमा उनी सांगेतिक कार्यक्रमका प्रस्तोता भएर धेरैको मन मुटुमा बस्न सफल थिए । सुमधुर स्वरका धनि वलीको कार्यक्रम प्रस्तुति सैलीले उनलाई लोकप्रियताको शिखरमा पु-याएको थियो ।

 

रेडियो स्थापना कालमा उनी स्रोता माझ निकै लोकपिय थिए । धेरै स्रोता उनको प्रस्तुति सैली र ओझिलो स्वरका फ्यान थिए । सुमधुर गीत संगीतका पारखी वलीको स्वरपनि मिठो थियो ।

भबिस्यमा गीत गाउने योजना बुन्दा बुन्दै उनको त्यो सपना अधुरै रहेको छ । अघिल्लो बर्षसम्म पनि वली रेडियो तुलसीपुरमा समसामयिक बिषय बस्तुमा बिहान दैनिक हुने बहस मुलक कार्यक्रमका प्रस्तोता थिए ।

समाचार लेखन र बाचनपनि उनको राम्रो दख्खल थियो । बिदेशमै छँदा वलीको पहिलो पत्निसंग सम्बन्धमा दरार पैदा भएको थियो । पछिल्लो समय वलीले दोस्रो बिबाह गरेका थिए ।

तर,यही बीचमा बिगत केही बर्ष यता उनी डि,प्रेसनमा पुगे । उनले केही समय त्यसको औषधीपनि सेवन गर्ने गर्थे । केही समय पछि एक पटक परिवारले उनलाई सुधार गृहमा पनि पठाए ।

 

काठमाडौंमा बस्दा समेत उनी मिडियादेखि टाढा रहन सकेनन् । उनले रेडियो स्टारमा समेत समाचार कक्षमा काम गरेका थिए । त्यहाँ रहँदा पनि उनी समाचार बाचन र लेखनको काम गर्थे । त्यसपछि रोजगारीको खोजीमा कोरियासम्म पुगे ।

फर्किएर तुलसीपुर ६ मा घर निर्माण गरेपछि वली परिवार तुलसीपुर १० पढ्ढा गाँउबाट तुलसीपुरमा बसाई सरेको थियो । पछिल्लो समय उनको प्रिय बस्तु म’दिरा बनेको थियो ।

 

पारिवारीक स्रोतका अनुसार वलीको पहिलो श्रीमति बाट एक छोरी र अहिलेको श्रीमतिबाट एक छोरा छन् । तर, पहिलो श्रीमति संग कुनै सम्पर्क र सम्बन्ध थिएन । पछिल्लो समय श्रीमतिसंगको झगडाले उनी कारागार बस्नु परेको थियो ।

झरौटीमा निस्किएको हप्ता दिन नबित्दै शुक्रबार बिहान तुलसीपुरस्थित एक होटेलमा वलीले बि’षादी सेवन गरेको प्रहरीले जनाएको छ । त्यसैले उनलाई उपचारका लागि कोहलपुर लगिएको थियो ।

त्यही उपचारका क्रममा उनको मृ’त्यु भयो । वलीले शुक्रबार बिहानै आफ्नो फेसबुक वालमा आफ्नो प्रेम र प्रेमसम्बन्ध बारे भाबुक स्ट्याटस लेखेका थिए । जहाँ उनले प्रेम बिना आँफू बाँच्न नसकेको निस्कर्षमा उल्लेख गरेका छन् ।

‘तिम्लाई समाजको लाजले घर आउन दिएन, मलाई तिमि बिना समाजमा उपिस्थिति देखाउन आएन,’ उनले अगाडि लेखेका छन् ‘ आहा हाम्रो समाज प्रेम ।’ उनले अन्त्यमा आफ्नो प्रेमको निशानीलाई जहाँ हुनु पर्छ त्यही राखिदिन आग्रह पनि गरेका छन् ।

 

त्यसमा उनले आफ्नो प्रेम सम्बन्ध, समाज र छोराको पनि कुरा उल्लेख गरेका छन् । पछिल्लो झगडा पछि वलीकी श्रीमति माइतीमा बस्दै आएकी थिइन । त्यसैले सानो छोरापनि प्राय आमा संगै बस्दै आएका थिए । तर, केही दिन अगाडि भेट हुँदा वलीले बाबुलाई बिद्यालयबाट आँफूले पनि माया लागेर घरमा लैजाने गरेको बताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation