डिभोर्सपछि श्रीमतीलाई अंश नदिन आफ्नो ९ करोडको घर आफैं ज’लाए…पुरै समचार पड्नुहाेस।

डिभोर्सपछि श्रीमतीलाई अंश दिन नपरोस् भनेर ७५ वर्षका एक वृद्धले आफ्नो करोडौं मूल्यको घरमा आ’गो ल’गा’एका छन् । जल्नुअघि त्यो घरको मूल्य ५ लाख ५० हजार पाउण्ड अर्थात नेपाली ९ करोड रुपैयाँ थियो । ती व्यक्तिले घरमा आगो लगाएपछि दमकल विभागलाई फोन पनि गरेनन् ।

 

यतिसम्म कि घरमा आगाे लागेपछि त्यसको क्षतिपूर्ति बिमा कम्पनीले पनि नदेओस् भनेर ती व्यक्तिले बिमा शुल्क नै बुझाएका थिएनन् । बेलायतका यी व्यक्तिको यो पूरै षड्यन्त्रको खुलासा एक्सेटर क्राउन कोर्टमा सुनुवाइको क्रममा भयो । पुलिस र दमकल विभागले अदालतलाई यो आगो आकस्मिक नभइ जानीजानी लगाइएको बताए । जाँचकर्ताहरुले ७५ वर्षका जोन म्याक्केरीलाई आगो लगाएकोमा दोषी बताउँदै उनी एक्सेटर नजिकै केनफोर्डमा रहेको आफ्नो घरको हुन लागेको लिलामीबाट असन्तुष्ट रहेको बताए ।

 

डेलीमेलका अनुसार यो घरमा जोन म्याक्करी र उनकी पत्नी हिलारी २० वर्षसम्म साथमा बसेका थिए । जोनले आगो लगाउनुभन्दा पहिले निकै म’दि’रा पि’ए’का थिए । त्यसपछि उनले प्रोपेन ग्यासका सिलिण्डरलाई ब्लोटर्चबाट आ’गो ल’गाए । आ’गो ल’गा’एपछि उनी आरामले कुर्सीमा बसे र फेरि म’दि’रा पि’उ’नथा’ले । छिमेकीहरु जम्मा भएपछि उनले आफ्नो घर ज’लि’र’हे’को आफूले हेरिरहेको बताएका थिए ।

 

जाँचकर्ताहरुका अनुसार घरमा १७ जूनमा आ’गो ल’गा’इ’एको थियो जबकि त्यसको ३ दिनपछि यो घर ५ लाख ५० हजार पाउण्डमा बेचिँदै थियो । तर, आ’गो ला’गेप’छि यो घर यति खराब भयो कि यसको मूल्य घटेर ३ लाख २० हजार पाउण्डमा बेचियो । अदालतमा बताइएअनुसार आ’गो ल’गा’उनुभ’न्दा पहिले जोनले श्रीमतीलाई घरभित्रका सामान निकाल्न पनि दिएका थिएनन् । जोनले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation