आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची, निगमलाई मासिक ३ अर्ब घा,टा!

नेपाल आयल निगम (एनओसी) लाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घा,टा हुन थालेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घा,टा हुने भएको हो ।

आईओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । जसअनुसार अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । आईओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।

हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल/पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । आईओसीबाट नयाँ मूल्यसूची आएको दुई दिनसम्म निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छैन ।

नयाँ मूल्यसूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्याँसमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घा,टा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घा,टा हुने प्रक्षेपण छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation