बागमती र लुम्बिनी चिनी उद्योगका सञ्चालक खोज्न गृहलाई पत्राचार

७ माघ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बागमती र लुम्बिनी चिनी मिलका सञ्चालक खोजतलास गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

उखु किसानको बक्यैता तिर्न नआएपछि आवश्यक कारबाही गर्न आग्रह गर्दै मंगलबार गृहमा पत्र पठाइएको मन्त्रालयका सहसचिव ध्रुब घिमिरेले जानकारी दिए ।

नवलपरासीमा रहेको बागमती खाडसारी मिलले किसानलाई ६ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ भने लुम्बिनीले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिएका छैन । सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation