विगत तीन हप्तामा सापु रो,गबाट एकसय बि,रामी परेका छन्। सेतो पुतलीको स,ङ्क्रमबाट आँखामा लाग्ने रो,गलाई सापु भन्ने गरिन्छ।
४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.रञ्जु खरेलले अझै तीन महिना सापु रो,गको जो,खिम बढ्नसक्ने भएकोले सचेतना अपनाउन आग्रह गरिन। भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ।
उनका अनुसार सापुबाट आँखाको भित्री भागलाई अ,सर गर्नुको साथै आँखाको सबै पत्र दु्,रतगतिमा सुनिन्छ र भित्रि भागमा पि,प जम्दै जान्छ।
नेपालमा सापु रो,ग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो। रो,ग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ। ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ।
सहप्राध्यापक डा खरेल अनुसार प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बि,रामी बढी देखिएका छन्।
उनले सबै सेतो पुतली हा,निकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हा,निकारक हुने गरेको बताइन्। अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन्। कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रो,ग देखा पर्न सक्ने जनाइएको छ।
“पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ। हो त्यहीँबाट सापु रो,ग देखिने गर्दछ।” उनले भनिन्।
अचानक एउटा आँखा रा,तो हुनु, रा,तो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पि,प जमेर नानी सेतो हुनु, आखाँको ज्योति घ,ट्दै जाने यस रो,गका ल,क्षण हुन्।
एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ।
यस्तै सापुबाट आँखा सु,केर र कुरुप समेत हुने जनाइएको छ । सापु सम्भावित ठाउँमा चि,प्रा नलाग्ने गरी एउटा मात्रा आँखा रा,तो भएका अवस्थामा सापु रो,ग लागेको श,ङ्का गर्नुपर्दछ।
अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले श्यया भरिएका बताइएको छ।
नेत्र रो,ग विशेषज्ञ डा खरेलका अनुसार सापु रो,गका तीन अवस्था हुन्छन। पहिलो अवस्थामा आँखा रा,तो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ।
सामान्य अवस्थामा उपचार गर्न सकेनौं भने आँखामा पि,प जम्न थाल्दछ। यसलाई मध्यम अवस्थाको सापु भनिन्छ। यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति ज,टिल अवस्थामा सापुको बि,रामी पुग्ने गर्दछन्।
पहिलो अवस्थामा आँखाका थोपा दिएर उपचार सम्भव हुन्छ। मध्यम अवस्थामा आँखाभित्र सुई लगाउनुपर्ने अवस्था आउन सक्दछ। मध्यम अवस्थामा आँखाको दृष्टि फर्कने आश लागेको उनले जानकारी दिइन।
उनका अनुसार अति जटिल अवस्थामा आँखाको सबै पत्रमा पिप हुन्छ र जटिल शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ। उपचार पनि खर्चिलो र दृष्टि कति फर्कन्छ भन्नेमा निश्चित भने हुदैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले सापु रोग बढी बालबालिकालाई लाग्ने गरेको बताइन्।
–सेतो पुतलीको संसर्गबाट टाढा रहने
–बालबालिकालाई झाडीको वरपर खेल्न नदिऔं पुतली समाप्ने निधारमा दल्ने कामबाट परै राखौं।
–राति सुत्दा बत्ती निभाएर सुतौँ । बाल्नै परे मधुरो बालौं। सकेसम्म झ्याल ढोका बन्द गरौं। झुल लगाएर सुत्ने गरौं । रासस