पूजा शर्मा र ओवी रायमाझीको अभिनयमा ‘रम रम मरौटी ‘ सार्बजनिक….

नेपाली लोक संगीतमा आधुनिकता भित्रिएसँगै युवा पुस्ताको आकर्षण बढ्दै गएको छ। वृद्धवृद्धा होस् वा युवा युवती, लोक गीत सुन्न थालेका छन्। नेपाली जीवनशैलीको पहिचानलाई लिएर तयार हुने गरेका लोक गीतहरू समय सापेक्ष हुने भएकाले यसले आफ्नो श्रोताहरूको संख्या दिनानुदिन बढाइरहेको छ। सामान्य नेपाली जीवनको विभिन्न कथामा आधारित रहेर बनेका लोकगीतको लयले नेपालीपन समेट्ने गरेको छ।

 

 

यसै बीच शुक्रवार गायक खेम सेञ्चुरी र गायिका अस्मिता अधिकारीको स्वरमा ‘ रम रम मरौटी ‘ बोलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । केही फरक ढंगबाट तयार पारिएको यो गीतमा नेत्र अर्यालको शब्द श्रृजना रहेको छ भने खेम सेञ्चुरीको लय श्रृजना रहेको छ ।

 

गीतको म्युजिक भिडियो मा नेपाली चलचित्र क्षत्रकी चर्चित नायिका पूजा शर्मा र नेपाली लोक दोहोरी क्षेत्रका चर्चित मोडल ओवि रायमाझीको अभिनय रहेको छ । गीतको भिडियो निर्देशन रामजी लामिछानेले गरेका हुन् भने सौरभ लामाले छायांकन र बन्दे प्रसादले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 सप्तरंगी संसार All right reserved Site By : Himal Creation