यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

दुर्योधन एकदमै घायल भएका थिए । जसकारण राम्रोसँग बोल्न सकेका थिएनन् । यो देखेर श्रीकृष्ण उसको नजिक गएर वार्ता गर्न लागे । दुर्योधनले तीन गल्ती गरेर युद्धमा पराजित भएको बताए ।

१. मैले स्वयं नारायण अर्थात तपाइलाई नभई तपाईको नारायणी सेनालाई छान्नु ।

२. जब मलाई माता गान्धारीले नग्न अवस्थामा बोलाइन् तब म कम्मरमुनी पात लपेट्दै गएँ । यदि म नग्न अवस्थामा गएको भए मेरो पूरा शरीर वज्रको समान हुने थियो ।

३. मेरो अन्तिम गल्ती भनेको म युद्धमा सबैभन्दा अन्त्यमा अगाडी आएँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation