रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न कागती पानी

काठमाडौं । कागती स्वस्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । हाम्रो शरीरका लागि कागती पानी निकै उपयोगी साबित भइसकेको छ ।

कागती पानीका धेरै किसिमका पोषक तत्वहरु पाइन्छन्, जसले हाम्रो शरीरलाई स्वस्थ्य बनाइराख्न मद्दत गर्छ ।

विहान खाली पेटमा कागती पानी पिउनाले पाचनतन्त्रमा भएका समस्याहरु स्वतः ठीक भएर जानुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि मजबुद बन्छ । नियमित रुपमा विहान कागती पानी पिउनाले धेरै किसिमका रोगहरुलाई भगाउन सकिने डाक्टरहरुको भनाइ छ ।

कागती पानीमा भिटामीन सी, पोटासियम, फाइबर लगाएत पाइन्छन् । अधिकांश मानिसहरुले आफ्नो वजन घटाउनका लागि कागती पानी पिउने गरेका छन् । तर, आफ्नो वजन घटाउने नाममा अत्यधिक कागती पानी पिउनाले स्वास्थ्यमा असर समेत गर्नसक्छ ।

फाइदाहरु…

त्वचामा निखारता ल्याउँछ –

विहान नियमित रुपमा कागती पानी पिउनाले त्वचामा निखारता ल्याउँछ । साथै अनुहारमा देखिने दाग–दब्बाबाट छुटकारा पाइन्छ । चमकदार त्वचाका लागि कागती पानी निकै फाइदाजनक मानिन्छ ।

रोग प्रतिरोधक क्षमतामा बृद्धि –

कागतीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । जसले शरीरका रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छ । नियमित विहान कागती पानी पिउनाले रोगप्रतिरोधक क्षमतामा बृद्धि हुने डाक्टरहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation