५/५ पटकको अप्रेशनले भएभरको सम्पति सकिएपछि, बाटाेमा भिख माग्दै क’ठै २५ वर्षीय युवा ?!

सुनसरीका २५ वर्षीय राजु सरदार, जो यतिबेला आफ्नो उपचार खर्च जुटाउन लागिपरेका छन् । खर्च जुटाउन उनी सकिनसकी दैनिक पशुपतिनाथ मन्दिर परिसरमा झोला थापेर पैसा माग्न उभिने गर्छन् ।

 

उनको चार पटक आन्द्राको र एक पटक घाँटीको गरी पाँच पटक अप्रेशन भइसकेको छ। उनका अनुसार अझ एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ । जसको लागि उनी बिहानको समयमा करिब ४ घण्टा जति पशुपतिनाथ परिसरमा पैसा माग्ने काम गर्छ।
अशक्त राजु भन्छन्, ‘आन्द्रा चार ठाउँमा काटेको छ र एक पटक घाँटीको अप्रेशन गरेर पाँच पटक अप्रेशन भइसक्यो । अझै एक पटक घाँटीको अप्रेशन गर्न बाँकी छ ।’

 

बसेर माग्न नसक्ने भएकाले उनी उभिएर झोला थापेको बताउँछन् । अप्रेशन गरेको ठाउँ खुल्ला राखेकाले उनको पेट र घाँटीमा भएको अप्रेशनका दागहरु जो कोहीले प्रष्टै देख्न सक्छन् । उनको पेटमा पाइप लगाइएको छ, जसबाट सिरिन्जमार्फत खाना खाने गरेको उनी बताउँछन्।

 

उनी भन्छन्, ‘मैले अझसम्म खाना खान सकेको छैन । अलिअलि यहिँबाट (पेटमा राखेको पाइपलाई देखाउँदै) सिरिन्जले हाल्छु र झोलकुरा अलिअलि मुखबाट पनि पिउछु । मुखबाट त पिउन पनि धेरै गाह्रो हुन्छ, सक्दै सक्दिन धेरै दुख्छ । घाँटीमा एकपटक अप्रेशन गरेको, घाउ भएकाले फेरि एक पटक गर्नुपर्छ।’

 

उनका अनुसार उनको आन्द्रा सुकेकाले चार पटक आन्द्राको र घाँटीमा घाउ भएकाले एक पटक घाँटीको अप्रेशन गरेको हो । र, घाँटीमा घाउ निको नभएकाले फेरि घाँटीको एक पटक अप्रेशन गर्नुपर्ने छ। त्यसरी माग्न थालेको केही समय मात्र भएको बताउँदै उनी भन्छन्, ‘अहिले म यहाँ(पशुपति परिसरमा) माग्न आएको २३ दिन भयो । म त्यति माग्न पनि सक्दिन । बिहान मात्रै २/४ घण्टा बस्छु अनि गइहाल्छु, सक्दिन नि।

 

अबको अप्रेशन डेढ महिना पछि यसरी नै पैसा जम्मा गरेर गर्छु । डाक्टरलाई भन्यो भने त एक महिनामै अप्रेशन गरिदिनु हुन्छ तर पैसा पुग्नु पर्यो नि । त्यसको लागि एक–सवा लाख जम्मा गर्नु पर्छ।’उनका अनुसार अब गर्ने घाँटीको अप्रेशनको लागि उनले गाउँमा आमालाई समेत चन्दा उठाउन भनेका रहेछन् । उनी भन्छन्, ‘पहिला औषधी गरेको ऋण लागेको छ । जग्गा जमिन केही पनि छैन, ऐलानी जग्गामा बस्छौं । त्यही पनि अप्रेशन गर्न गाउँबाट अझै चन्दा उठाउनु भनेको छु आमालाई ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation