काठमाडौंका पा,केटमारले प्रहरीलाई ठूल्दाई भन्छन्–पी,डितलाई रामे, यस्तो छ कोडभाषा…

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले २०७ जना पा,केटमारहरुलाई प,क्राउ गरी सा,र्वजनिक गरेको छ। भी,डभाड भएको ठाँउ, सार्वजनिक गाडीहरुमा पा,केटमार र चो,री गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले नि,यन्त्रणमा लिएको हो।

उनीहरु बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको प,केट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चो,री गर्दै गरेको अवस्थामा उनीहरुलाई प,क्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

 

प,क्राउ गरिएका २०७ जना पा,केटमारलाई प्रहरीले सा,र्वजनिक गरेको हो। ती मध्ये काठमाडौं जिल्ला अ,दालतको आदेशपछि ४६ जना ध,रौटी बुझाउन नसकेपछि का,रागार च,लान भएको प्रहरीले जनाएको छ।

दशैं तिहार चाँडबाँड नजिकिएसँगै नयाँबसपार्क, सपिङ कम्प्लेक्सहरुमा नजिकका क्षेत्रमा समेत प,केटमारहरुको बि,गबिगी छ।

काठमाडौं प्रहरी परिसरले गत भदौ २५ गते देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधन र वजारहरुमा परिचालन गरी पा,केटमाराहरुलाई प,क्राउ गरेको परिसरका एसएसपी अशोक सिंहले बताए।

उनीहरुले पकेटमारी गर्दा एक अर्कामा कोडाभाषा प्रयोग गर्ने पाइएको एएसपी सिंहले बताए। उनीहरुले पैसालाई द , मोवाईललाई कान, पकेटमारी पिडितलाई रामे, पकेटमारी गर्ने मास्टरलाई काशी, पैसा धेरै छ लाई टानको द , पैसा थोरै छ लाई जुटको द जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका थिए।

यस्तै गाडीलाई कांचा, केटालाई छापा, केटीलाई भद्रि, पुलिस आयोलाई ठूल्दाई आयो, ड्राईभरलाई माम, खलासीलाई मले गाडीवाट झरेर भागलाई टप्की गाडी भित्र, अगाडी सरलाई अकल जा, गाडी भित्र पछाडी सरलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका थिए।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation