जाडोमा रायोको साग खाँदा यस्तो फाइदा

रायो जाडोको मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । रायोको सागमा पाइने भिटामिन ‘के’ले पेट सम्बन्धि सबै रोग, महिनावारीका बेला जीउ दुख्ने, गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने, टाउको दुख्ने, हड्डी खिइने समस्या, प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिमलाई पनि कम गर्न सक्छ ।

पेट सम्बन्धि विभिन्न रोग निको भएमा र रगत समेत सफा पार्ने भएकाले रायोको सेवनले छालालाई इन्फेक्सनबाट जोगाएर सफा र चम्किलो राख्छ । रायोको सागले शरीरमा गर्मि पैदा गर्ने तथा भिटामिन ‘सी’को पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन, पुरानो बाथ, कफ जस्ता रोगहरुबाट जोगाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation