सापटी लिएको रकम नदिएपछि भक्तपुरमा एक पुरुषले उठाए अर्काकी श्रीमती

आफूले सापटी लिएको रकम नदिए पछि पैसा उठाउन भक्तपुरमा एक पुरुषले अचम्मको तरीका अपनाएका छन् । उनले सापटी लगेको पैसा नदिने ब्यक्तिको श्रीमती उठाएका छन् ।

 

प्रहरीका अनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिले भक्तपुरका धीरज श्रेष्ठसँग दुई वर्षअघि पाँच लाख रूपैयाँ लिएका थिए । जति पटक पैसा मागेपनि उनले दिएनन् ।

 

आफूले दिएको पैसा पाउने छाँट नदेखेपछि श्रेष्ठले ती व्यक्तिको श्रीमती उठाएका हुन् । उनले ति ब्यक्तिको श्रीमतीलाई ट्याक्सीमा हालेर भक्तपुरको बोडे पुर्‍याएका थिए । त्यसपछि उनले ‘पैसा लिएर आइज, तेरो बूढी लैजा’ भनेको प्रहरी स्रोतले जनाएको छ

 

ब ,न्धक बनाएको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भक्तपुरका धीरज श्रेष्ठ छन् । प्रहरी स्रोतका अनुसार करिब २ वर्ष अगाडि श्रेष्ठले पेट्रोलियम पदार्थको कारोबार गर्ने एक व्यक्तिलाई ५ लाख सापट दिएका थिए ।

 

रकम सापट लिएपछि लकडाउनका कारण उक्त व्यक्तिले ऋण चुक्ता गर्न सकेनन् । आफूले सापट दिएको रकम चुक्ता नभएपछि श्रेष्ठले उक्त व्यक्तिकी श्रीमतीलाई घरबाट नै ट्याक्सीमा हालेर भक्तपुरको बोडे लगेर उनलाई पैसा लिएर आइज भन्दै फोन गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation