भारतीय कलाकार अनुपमले पशुपतिमा पुजा गर्दै भने, ‘मलाई यहाँ आउँदा शान्ती मिल्छ’ ।

चलचित्र छायांकनका लागि बलिउड कलाकारहरु काठमाण्डौ आएका छन् । चलचित्र ‘उचाई’को छायांकनका अनुपम खेर, परिणती चोपडा लगायत ३ जना कलाकार नेपाल आएका हुन् । काठमाडौ आइपुगेका अनुपमले मंगलवार बिहान पशुपतिनाथ मन्दिरमा पुगेर पुजा गरेका छन् ।

 

पशुपतिमा पुगेर पुजा गरेपछि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै भनेका छन्–‘नेपालको राजधानी काठमाडौंमा अवस्थित पशुपतिनाथको मन्दिरमा आएर पुजा गर्ने अवसर मिलेको छ । यहाँ आएर पुजा गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु । बर्षौ पहिले यस्ता मन्दिरहरुको स्थापना भएको छ । यो देखेर आनन्द महशुश हुन्छ ।’

 

यो चलचित्रको छायांकनका लागि अनुपमको साथमा बोमन इरानी, परिणिती चोपडा लगायतका कलाकार नेपाल आएका छन् । केही दिन पछि अमिताभ बच्चन र डेनी डेनजोङपा पनि आउने बताइएको छ । उनीहरु ४० दिनको सेड्यूल लिएर यो चलचित्र छायांकनका लागि नेपाल आएका हुन् ।

 

अनुपमले विश्वभरका लाखौं भक्तहरु पशुपतिनाथमा पुजा गर्न आउने बताए । आफूले सबै मानिसको स्वस्थ जीवनका लागि पशुपतिनाथमा पुजा गरेको भिडियोमा उल्लेख गरेका छन् । उनले भने–‘मैले सबैको तर्फबाट पुजा गरेको छु । मलाई निक्कै नै खुशी लागेको छ ।’

 

सुरज बडजात्याको निर्देशनमा बन्न लागेको यो चलचित्रमा नायक अमिताभ बच्चनको पनि मुख्य भूमिका छ । मंगलवारदेखि काठमाडौंबाट छायांकन सुरु हुने फिल्मलाई लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतमा छायांकन गरिने जनाइएको छ । फिल्मका अन्य कलाकारहरु अमिताभ बच्चन र डेनी डेनजोङपा भने आइपुगेका छैनन् ।

 

मंगलवार काठमाडौं ल्यान्ड गरेको जानकारी दिँदै अनुपमले आकाशबाट काठमाडौं उपत्यकाको भिडिओ सेयर गरेका थिए । मित्रताको कथा पेश गर्ने फिल्म निर्देशक वर्जत्यको सातौं निर्देशकीय फिल्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation