निधारमा निस्किएको सानो मासुको ड,ल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपियो।

निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ । गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि पलाएको मासुको डल्लो बोकेर भौतारिरहनुभएका विष्णुमायाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ ।

 

निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिन लाग्दा उहाँलाई हेर्नसमेत समस्या भइरहेको छ । मासुको डल्लो झन–झन बढ्दै जाँदा अब के गर्ने भन्ने अन्यौलताले मगर परिवार चिन्तित छन् । उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा अस्वभाविक रुपमा मासुको डल्लो बढ्दै जाँदा खानपिउन गर्न नै समस्या भइसक्यो,” उहाँले रासससँग भन्नुभयो । मासुको डल्लो बढेर नाक र मुख छोपिइसकेको र आँखा हेर्नसमेत समस्या हुँदै गएको उहाँले बताउनुभयो ।

 

आफ्नो घर नभएपछि काकाकाकीको घरमा बस्दै आउनु भएका उहाँ आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकिएको र पीडा सहेर बस्नु परेको दुःखेसो पोख्नुभयो । उहाँको अनुहारमा के रोगका कारण मासु पलाएको भन्ने थाहा हुन सकेको छैन । काकाकाकीको आर्थिक अवस्था समेत कमजोर छ । बाल्यकालदेखि नै अनुहारमा साना गाठागुठी देखिएको र हाल अस्वभाविक रुपमा बढ्दै जाँदा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

 

काम गर्न नसक्ने अवस्था भएकाले जीविकाका लागि सहयोग माग्न उहाँ मङ्गलबार मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई भेट्न कार्यालय पुग्नुभएको थियो । आचार्यले नगरपालिकाले केही सहयोग गर्ने आश्वासन दिनुभयो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation