२७ सय वर्ष पुरानो शौचालय फेला परेपछि पुरातत्वविद् भन्छन्: अहिलेका भन्दा प्राचीन कालका मानिस झन् सौखिन!

जेरूसेलममा पुरातत्वविद्हरुले २७ सय वर्ष पुरानो शौचालय फेला पारेका छन् । शौचालय फेला पारेसँगै प्राचीन समयका केही तथ्या उजागर भएका छन् । प्राचीन कालमा निजी शौचालय सुविधा सम्पन्न हुने गरेको पुरातत्वविद्ले अनुमान गरेका छन् ।

चिल्लो दर्शन ढुंगामा वर्गाकारमा कलात्मक ढंगले बनाइएको शौचालय भेटिनुले पुरानो सहरको वास्तुकला झल्किएको इजरायलको पुरातत्व प्राधिकरणले जनाएको छ । वर्गाकार ढुंगाको मध्य भागमा गहिरो प्वाल पारेर त्यसमुनि सेफ्टी ट्यांकी बनाइएको अवस्थामा पुरानो शौचालय भेटिएको थियो ।

‘क्यूबिकल आकारको निजी शौचालय प्राचीन कालमा निकै दुर्लभ मानिन्छ । यदाकदा त्यस्ता शौचालय उत्खनन्का क्रममा भेटिन्छन्,’ उत्खनन् टोलीका निर्देशक याकोभ विलिङले भने ।

धनी व्यक्तिले मात्रा त्यस्ता शौचालय राख्न सक्ने उनको भनाई छ । आफ्नो टेबुलनजिकै शौचालय हुनु भनेको त्यतिबेलाको धनाढ्य व्यक्ति भन्ने बुझिन्थ्यो ।

सेफ्टी ट्यांकभित्र हड्डी र माटोका भाँडाकुँडा भेटिनुले त्यतिबेलाको जीवन शैली र मानिसहरूको पोषणको अवस्थासमेत उजार गरेको पुरातत्व निकायका अधिकारीहरूले जनाएका छन् ।

प्राचीन कालमा मानिसहरूले घरनजिकै बगैंचा र फलफूलका बिरुवा रोप्ने गरेको पनि अध्ययनमा देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation