पुरै गाउँनै छोडेर हिंडेका पीडितहरुलाई बिदेशबाट आयो यत्रो सहयोग

२०७८ साल असार २४ गतेको भारी वर्षले क्षतविक्षत भएको एउटा गाउँ हो नवलपुर जिल्लाको हुप्सीकोट गाउँपालिका वडा नं. ५ को वाख्खोर । वर्षाले बाढी र पहिरोसँगै वस्तीमा जोखिम मात्रै बढाएन् मानव वस्तीलाई नै अस्थित्व विहिन बनायो ।

पुर्खौदेखि बसी आएको भुमि छोडेर सोही गाउँपालिकाको वडा नं. १ को बेलुवा भन्ने ठाउँमा आएर बसेका उनीहरुको जीवन यसै पनि पीडादायी छ । समस्याहरु धेरै नै छन् । दिगो व्यवथापनको लागि सरकारले छिटो सार्थक पहल गर्नु पर्ने एका तर्फ देखिन्छ भने तत्कालीन समस्याहरु पनि टार्नु पर्ने स्थानीय सरकारको जिम्मेवारी छ ।

सप्तरंगी संसार मिडियाको तर्फबाट स्थलगत रिपोटीङ्ग पछि पुरानो वस्ती र नयाँ बसाइको बारेमा विषय सार्वजनिक भएको थियो र भिडियो हेरेर पीडितहरुको लागि जुटेको सहयोग पत्रकार रेशम बोहोराको पहलमा गाउँ पालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको उपस्थितिमा हस्तान्त्रण गरिएको थियो ।

हंङकङबाट मुस्कान दाहाल, जगत सार्कि अमेरिकााबाट मधु राई तथा कुवेत बाट धनमाया गिरीले पठाउनु भएको सहयोगबाट पीडितहरुलाई एक लाख ४२ हजार बराबरको दैनिक उपभोग्य वस्तु हस्तन्त्रण गरिएको थियो भने जनही १ हजार नगद समेत बुझाइएको थियो । सोही सहयोगबाट उक्त वस्तीकै दुवै मृगौला पीडित बेल बहादुर सोमैकी श्रीमतीको उपचारको लागि रु २० हजार सहयोग हस्तान्त्रण गरिएको थियो ।
भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation