गाउँबाट हराएका बुढाकी काठमाडौंपछि अझै अर्कि बुढी भारतमा पनि भेटिइन तर बुढा फेरी गायब भए

केही समय अघि अर्घाखाँचीको एउटा भिडियो सार्वजनिक भएको थियोे जहाँ एकजना भीमबहादुर गुरुङ्ग आफ्नी श्रीमती २ छोरा र एक अपांग बाबालाई छोडेर बेपत्ता भएका थिए । खोजिको लागि भिडियो सार्वजनिक गरेको केही समयमै खबर आयो कि उनले काठमाडौंमा अर्को बिहे गरेर बसेका छन् । एउटा छोरी पनि छन् भने घर समेत बनाएर बसेका छन् ।

खबर पाएपछि अर्घाखाँचीकी जेठी श्रीमती देवकला गुरुङ्ग मिडियाको सहयोग लिएर काठमाडौंको भद्रबासमा पुगिन । त्यहाँ पुग्दा खबर पाए अनुसार नै एउटा घरमा बिहे गरी राखेकी श्रीमती गोमा तामाङ्ग र भिमबहादुरकै छोरी समेत भेटिएको खबर सार्वजनिक भएको थियो, तर समस्याको कुरो भीम बहादुर त्यहाँ भेटिएनन् ।

दुवै श्रीमती को दबाब झेल्न नसकेर वि .ष सेवन समेत गरेका भनिएका भीमबहादुर आखिर कहाँ गए त ? थुप्रै प्रतिक्रियाहरु आए, बुढालाई जेठी श्रीमतीले नै गायब पारेकी हुनुपर्छ, त्योभन्दा बढी बिचारहरु आए कान्छी श्रीमतीकै हात त उसैले भीमबहादुरलाई कतै लुकाएकी छे । यी दुवै कमेन्टहरु एकातिर थिए भने दुबै श्रीमतीहरुको बिचार लगभग एउटै थियो की भिमबहादुर भारत तर्फ गएको हुनुपर्छ ।

त्यसै बिचमा सप्तरंगी संसारका पत्रकार रेशम बोहोरालार्ई भारतबाट फोन आयो । भिमबहादुरको बारेका नयाँ खबर छ तपाईहरुलाई सुनाउन फोन गरेको ।
बोहोराले सोधे– तपाई को बोल्दै हुनुहुन्छ ? जवाफ आयो म भिम बहादुरकै कान्छी श्रीमती…………..।

भारतबाट फोन गर्ने महिलासँगको कुराकानी पछि बिहे भएको पुष्टी गर्ने फोटोहरु पनि पठाइन तर गुनासो उनै महिलाको रहेछ । भिडियो हेरेपछि सबैकुरा जानकारी पाएको कारण आफैले नेपाल जान र श्रीमतीहरुलाई सम्हाल्न भनेर पाएको तर सिमानासम्म आउँदा फोन गरेका भिमबहादुर नेपाल छिरें भनेपछि उनीसँग पनि सम्पर्क बिहीन भएको उनको गुनासो छ ।

तत्कालै अर्घाखाँची र काठमाडौंकी बुढीहरुलाई सम्पर्क गरेर जानकारी गराउँदा दुवै तर्फ भीमबहादुर नआएको जानकारी दिएको पत्रकार रेशम बोहोरा बताउँछन् । अनि फेरी कहाँ गायब भए त भिमबहादुर ?

जेठी माइली र कान्छी तीनै श्रीमतीहरुको सल्लाहमा जेठी श्रीमती देवकला गुरुङ्गलाई भेटेर बुझ्ने कोसिस गरेका भयो । दुइ श्रीमतीबाट ३ सन्तान भइसकेका भिमबहादुरकी काठमाडौं की छोरीको जन्मदर्ता समेत छैन फेरी कीन हराए ?
जेठी श्रीमतीको शंकालाई सही मान्ने हो भने उनले आफुभन्दापनि पहिले अर्को बिहे गरेको हुन सक्ने संभावना छ भने अहिले पनि फेरी अर्कै बिहे गरेर गुमनाम भएको हुनसक्ने पनि अर्को तिर संका छ ।
भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation