अनौठो घटनाः बुढीको सिन्दुर आफै पखालेर, बुढाले गरे अर्को बिहे, अदालतले समेत न्याय दिएन भन्दै मिडियामा

धेरैजसो खबरहरु यस्ता पनि हुन्छन् जहाँ हाम्रा आम नेपालीहरुले अन्याय सहेका हुन्छ तर न्यायको ढोका ढकढकाउन सकि रहेका हुँदैनन् । तर एउटा यस्तो विषय सार्वजनिक भएको छ जहाँ एक दिदीले न्यायको ढोका ढकढकाउन पुग्दा न्यायलयबाटै न्याय नपायको र यो सँगै आफ्नो ज्यान सुरक्षाको झनै ख तरा बढेको भन्दै मिडियामा आएकी छन् ।

१४ बर्षकै उमेरमा रुपन्देहीका नरबहादुर सुनारसँग बिबाह गरेकी गोरखाकी उषादेवी सुनारले खासमा बिबाह गरेदेखि नै श्रीमानको घरेलु हिं सा सहेर जिवन विताइन । छोराछोरी जन्मे र लगभग सबैको घरजामपनि भइ सक्यो । तर बुढेसकालमा उषादेवीलाई कुन दिन श्रीमानको हातबाट ज्यान ग ुमाउनु पर्ने हो भन्ने एका तर्फ छ भने अर्को तर्फ श्रीमानले अर्की श्रीमती बिहे गरेको कारण यो घर छोड भन्ने दबाब छ ।

श्रीमानले अर्को बिहे गरेपछि उषादेवीले जिल्ला अदालत रुपन्देहीमा बहुबिबाहको मुद्धा पनि दिइन तर त्यो मुद्धाको कथा सुन्दा अचम्मलाग्छ । विबाह दर्ता बालबच्चा र नागरिकता जस्ता कुरा बनेको छ या छैन भनेर प्रमाण खोजेको पीडित उषा बताउँछिन् ।

यो सबै कुरापछि यस विषयमा जिल्ला सरकारी वकिलको कार्यालयका सुचना अधिकारी बिमल पन्थी उनका अनुसार यो विषय जिल्ला सरकारी वकिलको कार्यालय, बुटवलबाट उच्च अदालत बुटवलमा २०७६ –१०–२३ पुनरावेदन गएको र त्यसभन्दा पछि के भयो र त्यो भन्दा अघि के भयो भनेर आफुलाई जानकारुरी नभएको बताएका छन् ।

पटक पटक आएर श्रीमतीलाई कु टपीट गर्ने र यो घर खाली गर भनेर दवाब दिने काम गरिरहेका उषाका श्रीमान नरबहादुरले आफ्नो सिन्दुर समेत पखाली दिएको आरोप छ ।

उता अदालतले प्रमाण नपुगेको भनेर मुद्धा नरबहादुरको पक्षमा फैसला गरेको कुरा उषा बताउँछिन् भने यता गाउँले हरुको भनाइ छ नरबहादुरले बिहे गरेका छन् ।

यति मात्रै हैन नरबहादुरकी आमाको निधन हुँदा अर्की बुढी समेत सँगै आएर सासु आमाको कर्मकाण्ड बिधिवत तरिकाले गरेकी समेत थिइन । टोलविकास संस्थाले समेत नरबहादुरले अर्को बिहे गरेको भनेर आधिकारीक हस्ताक्षर सहितको पत्रै लेखिदिएको छ ।

यति हुँदा हुँदै पनि सम्मानीत अदालतले किन नरबहादुरले अर्को बिहे नगरेको भन्यो होला ? हामीले न्याय पाएनौ भनेर पुन अदालत पुग्दा एउटै विषयमा एउटै व्यक्तिमाथि पुन मुद्धा हाल्न पाइदैन भनेर किन पठाए होला ? पीडितले न्याय पाएको महशुस गरेको छैन, भने जिल्ला अदालतपछि उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्मको बाटो छँदैछ तर यी दिदी र दिदीका भाइको कुरा सुन्दै गर्दा मनमा धेरै कुरा खेल्छन्,
पुरै जानकारीको लागि कुराकानीको भिडियो पुरै हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation