छिमेकीको १६ लाख खाएर श्रीमती छोरा सहित बेप त्ता, श्रीमानलाई थाहै छैन

नवलपरासीको वर्दघाट नगर पालिका वडा नं. ४ मा बसोबास गर्ने ३४ वर्षकी पुजा अधिकारीले गाउँलेसँग झण्डै १६ लाख ऋण खाएर बुढालाई समेत थाहा नदिएर बेपत्ता भएकी छन् ।
रिखिराम अधिकारी पेशाले डाइभर हुन, उनी साहुको गाडी चलाउँछन् । यसै सिलसिलामा उनी झण्डै १५ दिन जसो घरबाट बाहिर रहनु परेको थियो । यही १५ दिनमा उनकी श्रीमती जो सबैको नजरमा राम्रै थिइन । स्वयम श्रीमान रिखिरामकै नजरमा पनि प्यारी थिइन एका एक के के भयो भयो, सब बर्बाद भयो ।

यतिबेला रिखिरामकी श्रीमती पुजा अधिकारी घरमा छैनन् । १७ दिन बिति सके उनी कुनै सम्पर्कमा पनि छैनन् । उनी दाइ दु र्घटना परेर घाइते हुनुहुन्छ भेट्न जाँदैछु भनेर २ छोरीहरुलाई भनेकी थिइन, छिमेकीसँग पनि यही कुरा गरेकी थिइन भने श्रीमानलाई पनि फोनमा यसै भनेर जानकारी दिएको थिइन र ४ वर्षको छोरा लिएर निस्केकी थिइन ।

अचम्म र गम्भीर कुरा त अझै यो छ दर्शकहरु उनै पुजाले यो अवधीमा रिखिरामको उठीबास नै लगाएकी छन् । १ लाख २० हजारमा किनेको भैसी थियो जुन उनले ६० हजारमै बेचेकी छन् । बाख्रा थिए त्यो पनि बेचेकी छन् । त्यति मात्रै हैन चामल धरी बेचेर हिंडेको भन्दै रिखिराम एकातिर भक्कानिदै छन् भने अझै गम्भीर कुरा त छिमेकी र इष्टमित्रबाट झण्डै १५–१६ लाख ऋण आफुलाई थाहै नदिएर बिभिन्न बाहानामा उठाएर भागेको रिखिराम बताउँछन् ।

यति बेला दिनको भोक रातको निद हराम भएको छ रिखिरामको । बुढीले ऋण खाएको ऋणीहरुले उनको घर घेर्न थालेका छन् । फेरी यो पनि स्मरण रहोस कि यो घर पनि रिखिरामको भने होइन उनी यो घरमा मासिक १५०० दितेर भाडामा बस्छन् । आफुहरुलाई पुजाले ठगेको भन्दै छिमेकीहरुको पनि उस्तै गुनासो छ ।

घर परिवार र छिमेकीसँग सधै राम्रै सम्बन्ध भएकी पुजा अखिर गइन कहाँ ? हुनत रिखिरामको पुजासँगको दोस्रो बिहे थियो पहिलो घरबार बिग्रेपछि आजभन्दा ७ वर्ष अघि रिखिसँग उनकै दिदीले पुजालाई बिहे गरिदिएकी थिइन । आमाबाबा नभएकी भनेकी पुजाले स्पष्टरुपमा आफ्नो माइतीघरको बारेमा पनि नबताएको रिखि बताउँछन् । पहिले माइती नै नभएको बताउने पुजा अहिले माइती कसरी गइन त्यो एउटा प्रश्न छ भने उनी माइती नै गएको भए पनि उनको माइती कहाँ हो भन्ने थाहै छैन रिखिलाई ।
भिडियो हेर्नु होला ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 सप्तरंगी संसार All right reserved Site By : Himal Creation