गजुल ६ रोल्पा,
जिन्दगी के भरोसा छ र आज राम्रो छ भनेर भएन भोली के हुन्छ कस्लाइ थाहा छ र ?
बिबाहपछि सबैलाई चाहना मात्र नभएर आवश्यकता पनि पर्छ कि सन्तान सुख तर नीमबहादुर दाइ र गायत्रा परियार दिदीको जीवनमा बिबाहको १०÷१२ वर्षसम्म पनि सन्तान नभएपछि कतै केही समस्या पो हो कि भनी चेकजाँच गर्ने बुढासँगै भारतमा गएका थिए । तर त्यो त एउटा घटना मात्रै थियो त्यही बेलामा झै भयंकर दुर्घटना भयो नीमहबहादुरको जीवनमा जसले उनलाई जीन्दगी भरिको लागि कम्बरभन्दा तल नचल्ने बनाइ दियो अबत के को सन्तान सुख बरै जीन्दगीबाट सबै खुसी र सुखले चत्रक्कै छोडेर गए ।
उपचारको लागि भारत द्ेखि नेपालका बिभिन्न हस्पिटलमा धाय खर्च कति भयो कुरै नगरौं । आज हामी यो जोडीले भोगेको अहिलेको कथा सुनाउँदै छौं ।
सामान्य चोटले त मान्छे जिन्दगी देखि हार खान्छ उनीहरुलाई त मन समालीने ठाउँ नै थिएन त्यही भएर होला अब बाँचेर पनि काम छैन भन्ने निधो गरेर विष समेत सँगै पीउने निधो गरेको गायत्रा दिदी सुनाउँछिन । ।
घर परिवार श्रीमान सब ठीकठाक हुँदा हुँदै पनि छोडेर जानेहरुको बेग्लै जमाना छ तर गायत्राको मनमा कहिले पाप जागेन ।
नीमबहादुरले राम्रोसँग बुझेका छन् धर्म फेरेर म ठीक हुन्न त्यही भएर उनले भन्छन् उनको लागि संसारका कोही भगवान छ भने श्रीमती गायत्रा हुन अरु सब भन्ने कुरामात्रै हुन ।
गायत्रा दिदीको खुसी भनेकै उनको जीउदो श्रीमान हुन् । बाध्यता छ पेट पाल्नै परो श्रीमानलाई खाटमा बाँधेर गाउँलेहरुको घाँस दाउरा काटिदिन जान्छीन् । ३,४ घण्टा लाग्ने जंगलमा पनि सबै साथीलाई छोडर २ घण्टामै फकेर घाँस गाउँमा छोडर घर आउँछिन् । घर आउँदा उनको मन बिरक्तीएर आउँछ ।
त्यसो त झन नीमबहादुर दाईको मन श्रीमती घर नफर्किदा सम्म कति छटपटिन्छ होला ? जसको शरिर खाटमा दुबै खुट्टा बाँधिएको अवस्थामा हुन्छ ।
गायत्रा दिदीलाई अब यो जिन्दगीसँग केही माग र गुनासो छैन बास मधुरो सपना छ श्रीमानलाई उभीएको हेर्ने ।
तर ड्रेसिङ्ग गर्ने समेत समान र औषधी छैन् फालेका पुराना कपडाले घाउ सफा गरेर कहिले निको भएर उठेर भन्लान काली म ठीक भए भनेर । भिडियो सप्तरङि सन्सार YouTube मा छ । सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क पनि गर्न सक्नु हुन्छ ।
9744307891